
विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङ्गको टाँडीमा निर्माण भएको क्वारेन्टाईनको स्थलगत निरीक्षण गर्नुभएको छ । आज क्वारेन्टाईन स्थल पुगेर मुख्यमन्त्री राईले क्वारेन्टाईनको निरीक्षण गर्नुभएको हो ।
प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा टाँडीमा दुई सय वेडको क्वारेन्टाईन केही दिन अगाडि निर्माण भएको थियो । क्वारेन्टाईनस्थलको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेशका जनताको सुरक्षामा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेशबासी जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताउनु भयो ।
मुख्यमन्त्री राईले कोरोना नियन्त्रण गर्न प्रदेश अन्तर्गतका भारतसँग सीमा जोडिएका साना नाकाहरु आजबाट बन्द गरेको जानकारी दिनुभयो । साथै ठूला नाकाहरुमा आवागमनमा कडाई गर्ने जानकारी दिदै त्यहाँको चेकपोष्टहरुलाई कडाई तथा प्रभावकारी बनाउने बताउनुभयो । प्रदेश सरकारले कोभिड –१९ नियन्त्रणका सम्वन्धमा कार्य योजना बनाएर सार्वजनिक गरेको उहाँले जानकारी दिँदै यसको कार्यान्वयन तीव्र गतिमा भइरहेको बताउनुभयो ।
प्रदेशमा निर्माण हुने ५० शैय्याको आइशोलेशन वार्डको निर्माण एक हप्ता भित्रमा सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको मुख्यमन्त्री राईले जानकारी दिनु भयो । उहाँले आज बसेको सुरक्षा समितिको बैठकमा विराटनगरको रानी तथा कांकरभिट्टा नाकालाई व्यवस्थित र चेकजाँचमा कडाइ गर्ने निर्णय गरिएको बताउदै तेश्रो देशका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको बताउनु भयो ।
प्रदेशका नागरिकलाई कोभिड–१९ को सब्क्रमणबाट बचाउन उच्च प्राथमिकतामा राखिएको र प्रदेशका आवश्यक्ता अनुसार क्वारेन्टाइन र आइशोलन वार्ड निर्माण गरिएको बताउनु भयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।