२०८० जेष्ठ १८ बिहीबार

आदिवासी जनजाती महासंघ संखुवासभामा बिपिन

संखुवासभा । नेपाल आदिवासी जनजाती महासंघ संखुवासभाको तेश्रो जिल्ला अधिवेसनले विपिन तामाङको अध्यक्षतामा सर्बसहमत नयाँ समिती चयन गरेको छ ।

चैत्र ९ र १० गते खादबारीमा भएको अधिवेशनले उपाध्यक्षमा मित्रकुमार गुरुङ, कुमार मगर र शान्ता लिम्बू, सचिवमा युवराज राई, सहसचिवमा भविन माझी र कोषाध्यक्षमा बेनबहादुर याक्खालाई सर्बसहमत चयन गरेको हो । सदस्यहरुमा उमेस श्रेष्ठ लगायत चयन भएका छन ।

अधिवेशनको खुल्ला सत्रमा महासंघको प्रदेस समितिको मुख्यसचिव तिलकप्रसाद राईले राउटेहरुलाई जंगलमै छोडेर संमृद्दी संभव नहुने बताए । कार्यक्रमको प्रमुख अतिथी रहेका मुख्यसचिव राईले पछि परेका समुदायलाई समाजको मूलधारमा नल्याएसम्म नेपाल बिकास भएको मान नसकिने बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ १ नम्बर समितिको अध्यक्ष अर्जुन जम्नेली राईले प्रदेशको नाम पहिचानको आधारमा राख्न कृयाशील हुनुपर्ने बताए ।

कार्यक्रममा महासंघको पूर्व केन्द्रीय उपाध्यक्ष वाङ्दावी भोटे, काकुन ब्यबसायी भविस्वर गुरुङ, हरिस्वर मगर लगायतले शुभकामना दिएका थिए ।

संखुवासभामा १२ वटा सुचिकृत संस्थाहरु रहेका छन । जिल्लामा सात बर्षदेखी अधिबेशन भएका थिएन ।

२०७६ चैत्र १०, सोमबार १०:५१ गते 0 Minutes 15 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।