
-अर्जुन जम्नेली राई
मोरङ । कोरोना लागेको युवती आएकै बिमानमा कातारबाट आएका एक जनालाई मोरङको पथरीशनिश्चरेमा फेला परेका छन । गत चैत्र ४ गते फ्रान्सबाट दोहाकतार ट्रान्जिट हुने कतार एयरवेजको क्युआर ६५२ उडान मार्फत नेपाल आएकी १९ बर्षिय युवतीलाई Covid-19 (कोरोना) भएको प्रमानित भएपछि उपचाररत छिन ।
सो फ्लाइटमा आएको १२५ जना यात्रुको सरकारले खोजि गरिरहेको छ । कतारबाट आएको ४५ बर्षिय ब्यक्तिको (टिकट) बोर्डिङ पासमा फ्लाइट नम्बर मिलेपछी पथरीशनिश्चरे नगरपालिका-६ का वडा अध्यक्ष जयबहादुर तामाङको पहलमा मोरङ मिक्लाजुङमा निर्माण भएको क्वारेन्टाइनमा पठाइएको छ ।
कतारबाट आएको भनेपछी बोर्डिङ पासमा एयरवेज र फ्लाइट नम्बर मिलेपछी यम्बुलेन्स चढाएर प्रहरीको सहयोगमा टाँडी क्वारेन्टाइन पठाएको वडा अध्यक्ष जयबहादुर तामाङले बताए । सरकारले लकडाउन गरेपनि स्वतह स्फुर्त रुपमा आफै नजोगिए पथरीशनिश्चरे नगर पनि सुरक्षित देखिन्दैन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।