२०८० चैत्र १६ शुक्रबार

कोरोनाको परीक्षण धरानमै गर्ने सरकारको निर्णय

धरान । कोरोना भाइरस (कोभिड–१९) को परिक्षण अब धरानमा नै गर्ने निर्णय सरकारले गरेको छ । धरानसँगै पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय भएको छ । यो निर्णय कार्यान्वयनमा आउन केही दिन भने बताएको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोभिड १९ को परीक्षा यथाशीघ्र सुरु गर्ने निर्णय गरेको हो । यसका लागि आवश्यक परीक्षण सामाग्री र तालिमको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ । त्यहाँ परीक्षण सुरु नहुँदासम्म विराटनगर र नेपालगञ्जबाट स्वाब संकलन गरी हवाईमार्गबाट काठमाडौं ल्याउने व्यवस्था स्वास्थ्य मन्त्रालयको समन्वयमा पर्यटन मन्त्रालयले मिलाउनेछ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भने कोरोनाको परिक्षण गर्ने ल्याब तयार गरीसकेको छ । प्रतिष्ठानका सह–प्रबक्ता डा. अकोश ऐरका अनुसार सम्पूर्ण तयारी पुरा भइसकेको छ, अब सरकारले किट पठाउने वित्तिकै हामी यहीबाट कोरोनाको परिक्षण गर्न सक्छौ ।

२०७६ चैत्र ११, मंगलवार १५:४७ गते 0 Minutes 57 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार