२०८० आश्विन १४ आईतवार

कोरोना अस्पतालमा मृत्यु भएका युवकमा संक्रमण नभएको पुष्टि

चितवन । भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण नभएको पुष्टि भएको छ ।

वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो । लुपस भन्ने रोगबाट पीडित उनमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना बिषेश अस्पताल पुगेका थिए ।

उनको स्वाब १० गते काठमाडौं पठाइएको छ । त्यही दिन दिउ“सोबाट श्वासप्रश्वासमा समस्या बढेपछि सघन उपचार कक्ष (आईसीयू)मा सारिएको उनको उपचारकै क्रममा मंगलबार बिहान साढे ९ बजे निधन भएको थियो ।

मंगलबार साँझ उनको रिपोर्ट आएको छ । भरतपुर अस्पतालका मेसु श्रीराम तिवारीकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मृतक यादवमा कोरोना संक्रमण नभएको पाइएको छ ।

२०७६ चैत्र ११, मंगलवार १६:२९ गते 0 Minutes 31 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।