२०८० आश्विन १२ शुक्रबार

वराहक्षेत्रमा कोरोना नियन्त्रणका लागि क्वारेन्टाइनको ब्यबस्था

कालाबन्जर। वराहक्षेत्र नगरपालिकाले ३ वटा भवनमा क्वारेन्टाइनको ब्यबस्था गर्ने भएको छ । आफ्नो नगरभित्र कोहि ब्यक्ति क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था आएमा चक्रघट्टिमा रहेको पारालिगलको सेफ हाउस , रेडक्रस भवन र पारालिगलकै पुरानो भवनमा राख्ने ब्यबस्था गरिएको मेयर निलम खनालले जानकारी दिए ।

मेयर खनालका अनुसार त्यहाँ नगर अस्पताल पनि नजिकै रहेको र त्यसो हुँदा क्वारेन्टाइनमा बस्नेलाई सबै कुराको ब्यबस्था गर्न सजिलो हुने छ । वराहक्षेत्र नगरपालिका भित्र रहेका सबै वडामा पूर्व तयारी र सजगता अपनाइएको मेयर निलम खनालले बताए ।

यो लकडाउनको अवस्थामा कसैलाई पनि घरबाहिर ननिस्किन अनुरोध गरिएको छ । प्रत्येक वडाहरुमा सचेतना माइकिङ भैरहेको छ । भिड भाड र अनावश्यक हिड्डुल नियन्त्रणका लागि नगरका सबै क्षेत्रमा प्रहरी खट्टिरहेको छ । #श्रोत : वराहक्षेत्र नगरपालिका

२०७६ चैत्र १२, बुधबार ११:१५ गते 0 Minutes 47 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार