कोरोना संक्रमित युवतीसँगै आएका धनगढीका युवक भाइसँगै आइसोलेसनमा

Spread the love

धनगढी । कोरोना संक्रमित युवती आएकै विमानमार्फत नेपाल आएका धनगढीका एक युवक र उनका भाइलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ।

दाजुभाइको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि आइसोलेनमा राखिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए । जोशीका अनुसार, उनको नमूना संकलन गरेर काठमाडौं पठाउने तयारी गरिएको छ ।

उनी चैत ४ गते फ्रान्सबाट कतारवेजमा नेपाल आएका थिए । उनी आएको जहाजबाटै नेपाल आएकी युवतीमा कोरोनाको संक्रमण भेटिएपछि उक्त जहाजबाट नेपाल आएका सम्पूर्ण यात्रुको खोजी भइरहेको छ ।

26510cookie-checkकोरोना संक्रमित युवतीसँगै आएका धनगढीका युवक भाइसँगै आइसोलेसनमा

प्रतिकृया दिनुहोस्