२०८० आश्विन १२ शुक्रबार

विदेशबाट आएका नागरिक खोज्दै, विवरण संगकलन गर्दै धरान नगरपालिका

धरान । केहि दिन अगाडी फ्रान्सबाट कतार ट्रान्जिट हुँदै सङ्क्रमित युवती चढेकै हवाईजहाजमा संगै आउनेमा धरानका दुई जना रहेका छन। उनिहरुसनगै विदेशबाट आएका व्यक्तिमा समेत कोरोना संक्रमण देखिएपछि धरानमा विदेशबाट आएका व्यक्तिको विवरण संकलन सुरु गरिएको छ ।

गृह मन्त्रालयले विदेशबाट आएका व्यक्तिको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले पनि विदेशबाट आएका व्यक्तिको खोजी तीव्ररुपमा बनाएको हो । प्रत्येक वडाले आफ्नो वडामा विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिरहेको छ । यस बारे धरानको ५ नम्बर वडा समितिले विभिन्न बस्तीबाट बैदेशिक रोजगारीमा गइ भरखरै घर आएको बारे धरान उप महानगरपालिकालाई जानकारी पठाएको छ।

हालसम्म धरानमा ६४ जना विदेशबाट आएको विवरण संकलन भएको उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । उनीहरुलाई उपमहानगरपालिकाको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ ।

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै सङ्क्रमित युवती चढेकै हवाईजहाजमा आउनेमा धरानका पनि दुई जना फेला परेका थिए । उनीहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरीशङ्कर साहका अनुसार प्रतिष्ठानको सम्पर्कमा आएका १० बिमारीमध्ये ६ जनालाई होम क्वारेन्टाइनमा बस्न पठाइएको छ भने ६ जनालाई प्रतिष्ठानको आइसोलेशन वार्डमा राखिएको छ । पाँच जनाको थ्रोट स्वाब लिएर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पठाइएको तर रिपोर्ट आइनपुगेको निर्देशक साहले जानकारी दिए ।

२०७६ चैत्र १४, शुक्रबार ०६:१५ गते 0 Minutes 30 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार