
काठमाडौं । विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमान ३०५ जना पर्यटक उद्दार गरेर फर्किएको छ । नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिकहरुको उद्दारका लागि उक्त विमान विहान काठमाडौंमा अवतरण गरेको थियो ।
विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले ३०५ जना यात्रु लिएर उडेको पुष्टि गरे । उनका अनुसार जहामा अधिकांश जर्मन र फ्रान्सका नागरिकहरु रहेका छन् ।
बिभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका सयौ पर्यटकहरु बिश्वाब्यापी फैलिएको महामारी कोरोना भाइरसका कारण अहिले देश लकडाउनमा रहेकोले केहि दिनदेखि नेपालको बिभिन्न क्षेत्रमा भ्रमणमा रहेको बिदेशी नागरिकहरु बिचलिमा परेका थिए।
268300cookie-check३०५ जना पर्यटकको उद्दार गरेर काठमाडौंबाट उड्यो कतार एयरलाइन्सको विमान