२०८० आश्विन १२ शुक्रबार

रौतहटको गौर दुई दिनका लागि ‘सट डाउन’

रौतहट । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले देशैभरी लकडाउन गरेको छ । बाहिर निस्कन समेत रोक लगाएको यस्तो बेलामा साँझपख भने तरकारी तथा खाद्यान्न खरिद गर्ने स्थानीयको भीड हुने गरेको छ ।

तरकारी र अन्य खाद्यान्न खरिदको लागि बिहान र साँझपख स्थानीयहरु बाहिर निस्कँदा भीडभाड बढेर संक्रमण फैलने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार र सोमबार दुईदिन औषधि बाहेकका सबै पसलहरु पूर्णरुपमा बन्द गराएको छ । आइतबार बिहानदेखि नै गौरमा कुनै पनि पसल खुलेका छैनन् भने सुरक्षाकर्मीले स्थानीयलाई घर बाहिर निस्कन दिएका छैनन् ।

२०७६ चैत्र १६, आईतवार ०४:२४ गते 1 Minute 29 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार