
धरान । विश्वब्यापी फैलिएको कोरोना भाइरसका कारण गत चैत्र ११ गतेबाट नेपाल सरकारले लागु गरेको लकडाउनले दिनदिनै आम जनजीवनमा अस्तब्यस्त बढेको छ । यही मौकामा दैनीक उपभोग्य सामाग्रीहरुका खुद्रा दरभाउमा व्यापारीहरुले उपभोक्ताहरुसँग चर्को मूल्य असुल्न थालेको गुनासो बढेपछि धरान उपमहानगरपालिका उपमेयर मञ्जु भण्डारीले आज बिहान धरानको कृषी उपज केन्द्रको आकस्मिक अनुगमन गरेका छन् ।
अनुगमन समितिको संयोजकसमेत रहेका उपमेयर भण्डारीले धरान ३ स्थित पालिका बजारमा आकस्मिक अनुगमन गरेका हुन । त्यसपछि धरान १३ स्थित कृषि उपज बजारस्थलमा त्यहाँका पदाधिकारीहरुसँग आवश्यक छलफल पनि गरेका छन् । ‘हिजो जस्तो भाउ आकासिएको अवस्था छैन, तरकारी पनि पर्याप्त आपूर्ति भइरहेको रहेछ,’ उनले भने, ‘अनुगमनलाई निरन्तरता दिन्छौं ।’
यस भन्दा अगाडिको दिनहरुमा जस्तै सामान्यतय लकडाउनमा पनि तरकारीहरु आइरहेकोले उपभोक्तालाई महंगी खेप्नुपर्ने अवस्था नभएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । थोक बजारमा आज साग प्रतिमुठा १० देखि २० रुपैया, बन्दा प्रतिकेजी १५ रुपैया, मुला १५ रुपैया, मटरकोसा २५ देखि ३० रुपैया, आलु ४० रुपैया, प्याज ५० रुपैया प्रति के.जी. र टमटर ३५ देखि ४० रुपैया प्रतिकिलोमा बिक्री भइरहेको उनले जानकारी दिए । ‘यहाँबाट खुद्रा व्यापारीहरुले सामान उठाएर लगेर कसरी बेच्छन बजारमा त्यो हामीलाई पनि थाहा हुँदैन, त्यसको बारेमा पनि हामी लागिपरेका छौं,’ उनले थपे– बजारमा भएको अब्याबस्थीत र नागरिकलाई भइरहेको असुविधाको सुदृद्धीकरणको लागि आम उपभोक्ता र स्थानीय सरकारले पनि हामीलाई सहयोग गर्नु पर्योे केही समयमा नै यसको नियान्त्रण गर्न हामी सफल हुने छौ । श्रोत सामग्री @कृषि बजारको कार्यालय
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।