
मोरङ । मोरङ पथरी शनिश्चरे नगरमा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको भवन आवश्यक परेमा कोरोना भाइरस नियन्त्रणको लागि उपलब्ध गराउने जनाएको छ । नेपालमा कोरोणा संक्रमितको संख्या पाँच पुगेको छ । कोरोना नियन्त्रण गर्न नेपाल लकडाउनमा छ ।
मोरङ पथरी शनिश्चरे नगरमा विदेशबाट आएर बसेकाहरुलाई आइसोलेशनमा पठाउने क्रम बढिरहेको छ । बिपदको बेला पथरी शनिश्चरे नगरले आवश्यक ठानेमा वा संकास्पद बिरामी राख्न बेड अभाव भएमा हरियालीले भवन उपलब्ध गराउन तयार रहेको अध्यक्ष काबुलबहादुर मगरले बताए । हरियालीमा करिब ५० वटा बेड अट्ने पक्की भवन (हल) रहेको छ । प्रकोप बढेमा हल उपलब्ध गराउने र त्यसमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको आइसोलेशन बेड लगायतको ब्यबस्थापन नगरले गर्नुपर्ने अध्यक्ष मगरले बताए । हरियाली पथरी बजारको पुर्व उतर वन क्षेत्रमा पर्दछ ।
आइसोलेशन मनव बस्ती भन्दा टाढा हुदा राम्रो । संकास्पद विरामी राख्न बेड्को दुरि, शौचालय, पानीको धारा मिलाउनु पर्ने हुन्छ । भाइरस नसरोस भनेर सकेसम्म बिरामीले प्रयोग गर्ने हरेक सामग्री छुट्टाछुट्टै हुनुपर्छ । यद्यपि नेपालमा एउटै कोठामा चार वटा बेड राखेर आइसोलेशन भनेर प्रचार गर्ने फेशन चलेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।