२०८० चैत्र १६ शुक्रबार

बीपी क्याम धरानमा १२ जनाको रिपोर्ट नेगेटिभ आयो, अहिले सम्म १ सय ६९ जना कोरोन भाइरस लागेको आशंकामा परामर्श लिन आए

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा कोरोना भाइरसको आशंका गरिएका १२ जना बिरामीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानमा ल्याब स्थापना भएपछि बुधबार पहिलो पल्ट १२ जनाको स्वाब परीक्षण गरिएको थियो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक एैरले प्रदेश भरिका कोरोना भाइरसको आशंका गरिएका बिरामीको संकलित स्वाब परीक्षण गर्दा सबैको नेगेटिभ आएको जानकारी दिए । ‘प्रतिष्ठानबाट संकलित चार जनासहित १२ जनाको स्वाबको नमुना परिक्षण गरिएको थियो’ सहप्रवक्ता एैरले भने,‘परीक्षण गरिएका सबैको रिजल्ट नेगेटिभ आएको छ’। संकलित स्वाब मोरङ, झापा, सुनसरी, धनकुटा लगायतका जिल्लाबाट रहेको उनले बताए । थप तीन जना बिरामीको स्वाब परीक्षणका लागि संकलन भएको उनले बताए ।

प्रदेशभित्रका विभिन्न अस्पतालबाट कोरोना भाइरसको आशंका गरिएका बिरामीको संकलित स्वाब परीक्षणको काम सुरु भएको हो ।

एैरका अनुसार प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिट अन्तर्गत प्रा.डा.नारायण भट्टराईको नेतृत्वमा (कोभिड-१९) संक्रमण भए नभएको यकिन गर्न पीसीआर (पोलिमर चेन रियाक्सन) परीक्षणको काम गरिएको हो ।

यसअघि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र स्वाब परीक्षण गर्ने व्यवस्था रहेको थियो । प्रदेश १ का विभिन्न अस्पतालमा नमुना संकलन गरी प्रतिष्ठानमा परिक्षणका लागि पठाइने गरिएको छ । यसअघि बीपी क्याम धरानमा भाइरस टेस्ट गर्ने मेसिन राखेपछि गरिने पहिलो रिपोर्ट र नमुना फाइनल चेकको लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँ पठाउने भनिएता पनि टेस्ट कसरी गर्ने बारे दूई हस्पिटल बीच आपसी छलफल पछी नपठाउने सल्लाह भएको प्रबक्ता ऐरले बताए।

बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले कोरोन भाइरस हेल्प डेक्स राखेदेखि आज बुधबार बेलुकी ४ बजे सम्ममा १ सय ६९ जना आफुलाई कोरोन भाइरस लागेको आशंकामा चेकजाच गर्न र परामर्श लिन आएका थिए।

२०७६ चैत्र १९, बुधबार १५:१५ गते 1 Minute 57 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार