विवादास्पद खरिद सम्झौता रद्द भएपछि स्वास्थ्य सामाग्री ल्याउने जिम्मा सेनालाई दिने तयारी

Spread the love

काडमाडौं । स्वास्थ्य सेवा विभागले पूर्वप्रतिवद्धताअनुसार कोरोना भाइरस (कोभिड–१९) को उपचारका क्रममा प्रयोग हुने स्वास्थ्य सामाग्री खरिदका लागि टेण्डर आह्वान गरेन ।

ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग गरेको विवादास्पद खरिद सम्झौता रद्द गरेको घोषणा गर्दै विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले नेपाल आपूर्तिकर्ताहरुसँग बिहीबार कोटेसन माग्ने बताएका थिए । बिहीबार नेपाली सप्लायर्सहरु विभागमा पुगेका थिए ।

उनीहरुले पूर्वप्रतिवद्धता अनुसार आम्नी समूहले भन्दा सस्तोमा स्वास्थ्य सामाग्री ल्याउन बताएका थिए ।

तर विभागले टेण्डर आह्वान प्रक्रिया सुरु गरेन । ‘जीटूटीमार्फत ल्याउने कि भनेर छलफल भइरहेको खबर आएपछि आज प्रक्रिया सुरु गरिएन’ विभागका महानिर्देशक श्रेष्ठले भने ।

स्रोतकाअनुसार कोरोना रोकथामसम्बन्धी उच्चस्ततरीय समितिले जी टू जी (दुई देशको सरकारबीच) सहमति गरेर स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिने तयारीबारे छलफल भइरहेको छ । सायद यस बारे समितिले बिहीबार नै निर्णय गर्नेछ ।

27660cookie-checkविवादास्पद खरिद सम्झौता रद्द भएपछि स्वास्थ्य सामाग्री ल्याउने जिम्मा सेनालाई दिने तयारी

प्रतिकृया दिनुहोस्