२०८० जेष्ठ १७ बुधबार

स्वास्थ्य मन्त्रालयले भन्यो-पोखरामा पोजेटिभ रिपोर्ट भेटिएको छैन ‘शंकास्पद भयो भने थप नमूना लिइन्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ ।
पोखरामा भर्खरै स्थापना गरिएको प्रयोगशालाको मेसिनको बैधता र प्रक्रियाको कुरा पनि देवकोटाले उठाए । कुनै केस शंकास्पद भयो भने त्यहाँ फेरि दोहोर्‍याएर हेर्ने गरिएको उनले बताए ।

प्रदेश भन्छ पोजेटिभ, केन्द्र भन्छ नेगेटिभ

गण्डकी प्रदेशमा कोराना भाइरसको प्रगोगशाला स्थापना भएपछि प्रदेशस्तरीय कोरोना रोकथाम समितिका संयोजक मन्त्रि किरण गुरुङ्गले एकजनामा पोजेटिभ रिपोर्ट देखिएको संचारकर्मीहरुलाई जाकारी गराएका थिए ।

पछि उनैले फेसबुकमा स्टाटस लेखेर आफ्नै प्रतिक्रियाको खण्डन गरे ।

त्यतिमात्र होइन, गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयको आधिकारिक बेवसाइटमै कुल संक्रमितको संख्या ७ भनेर अपडेट गरियो थियो । र, त्यही आधारमा मिडियाहरुले पोजेटिभ रिपोर्ट आएको समाचार दिए ।

तर, स्वास्थ्य मन्त्रालयले बेलुका ४ बजे गरेको पत्रकार सम्मेलनमा आजका मितिसम्म पोजेटिभ रिपोर्ट नभेटिएको भन्दै मेसिनहरुको भ्यालिडेसनको कुरोसमेत उठायो ।

२०७६ चैत्र २१, शुक्रबार १२:०२ गते 0 Minutes 10 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।