
यो विषम परिस्थितिमा हातेमालो गर्न सानो सहयोग गरेका हौं : प्रिन्सिपल शरण लिम्बु
-प्रकाश दिप्साली राई
नडाहा / अहिले विश्वव्यापी माहामारी कोभिन ज्ञढ कोरोना भाइरसको संक्रमणमा आक्रान्त भैरहेको बेला स्काई इङ्लिस स्कुल वराहाक्षेत्र –३, नडाहाले वार्ड –३ लाई रु. ३० हजार सहयोग गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गर्दै स्काइले सो सहयोग वराहाक्षेत्र -३ का वडाध्यक्ष रुद्र बहादुर दाहालको नेत्ृत्वमा रहेका वडाका कर्मचारी, विभिन्न राजनीति दलका नेता तथा समाजसेवीहरुलाई हस्तान्तरण गरेको हो । स्काई इ. स्कुलको तर्फबाट रु. २० हजार र स्कुलका कर्मचारीहरुको एक दिनको पारिश्रमिक(तलब) रु.१० हजार गरि एक मुस्ट रकम रु. ३० हजार उपलब्ध गराएको हो ।
रकम हस्तान्तरण गर्दै स्कुलका फाउण्डर राजन इशाराले यो विपत्तिको बेलामा हामी मानव जीवनको संरक्षणको निम्ति आफ्नो दायित्व सम्झदै सानो सहयोग गरेको बताए । उनले भने “हामी मात्र हैन अहिले विश्व नै कोरोनाको संक्रमणमा परेको बेला हामी ज-जसले जे जति सकिन्छ सहयोग गर्न तयार हुनुपर्छ । आजको हाम्रो सहयोग पनि त्यसैको सानो नमुना सरह हो ।” यस्तै सहयोग रकम लिदैं वराहाक्षेत्र –३ का वडाध्यक्ष रुद्र दाहालले एउटा स्कुलको यति महत्वपुर्ण कार्यको निम्ति ३ नं. वडा धन्यवाद ज्ञापन गर्दछ ।
वराहाक्षेत्र वडा ३ का वडाध्यक्ष रुद्र बहादुर दाहालले सहयोग रकम बुझिलिए पछि स्काई इङ्लिस स्कुल परिवारलाइ धन्यवाद ज्ञापन गर्दै। तस्विर : प्रकाश दिप्शाली /eposttimes
स्कुल अनि शिक्षक शिक्षका साथीहरुले पनि आफ्नो एकदिनको पारिश्रमिक यो विषम परिस्थितिमा उपलब्ध गराउनु भनेको मानवता प्रति उत्तरदायित्वको उदाहरण समेत भएको बताए । विगतका दिनदेखि नै शैक्षिक गतिविधिसँगसँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको भन्दै यो कार्यको मुल्यांकन समाजले गरिरहेको समेत बताए । यस अघि पनि स्कुलले विभिन्न सामाजिक क्षेत्रमा लगानी गर्दै आएको छ । इपोष्ट टाइम्ससँग बोल्दै प्रिन्सिपल शरण लिम्बुले भने – यति बेलाको समय बडो जटिल बन्दै गैरहेकोले मानवताको हैसियतबाट सबैले जे जति सक्दो सबैले आ-आफ्नो ठाउँबाट लागि पर्नु पर्ने बताउँदै यो सानो रकम विषम परिस्थितिसँगको समाना गर्नको लागि हातेमालो स्वरुप वार्ड नम्बर-३ लाई सानो सहयो गरेको बताए ।हाल नेपालमा कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै मुलुकलाई लकडाउन गरिएको छ । लकडाउनले असर गरेका अति विपन्न परिवारलाई स्थानीय सरकारले राहत बाँडिरहेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।