
मोरङ । भारतको दार्जेलिङबाट आफ्नो बाबु भेटन आएका ७३ बर्षिय बृद्ध मोरङको पथरी शनिश्चरे नगरपालिकाबाट ६ दिनदेखि हराइरहेका छन ।
यसरी हराउनेमा ७३ बर्षिय हर्कसिंह जबेगु लिम्बू रहेका छन । उनी पत्नी हर्कमाया लिम्बूसहित मोरङको पथरी शनिश्चरे नगरपालिका-३, सिर्जना टोलमा बस्ने १०४ बर्षिय बाउ मेघध्वज जबेगुलाई भेटन आएका थिए ।
दार्जिलिङ सुम्बुकबाट चैत्र २ गते नेपाल आएका लिम्बू १७ गते साँझ ५ बजे देखि हराएको बुहारी पृया लिम्बूले बताइन ।
दोकानमा समान किन्छु भनेर गएको हर्कसिंह अबेरसम्म घर नआएपछि सोही समयदेखी खोजी भइरहेको बुहारी पृयाले बताइन ।
छ दिनदेखी निरन्तर आफन्त छरछिमेकी गाउँहरुमा खोजी गर्दा फेला नपरेको हर्कसिंहकी पत्नी हर्कमाया लिम्बूले बताए । उनी दार्जिलिङमा पनि कहिले काहीँ घर छाड्ने गरेपनी आफै फिर्ने गरेको पत्नी लिम्बूले जानकारी दिइन ।
कोरोनाभाइरस नियन्त्रणको लागि भएको लकडाउनको कारण सवारी साधन प्रशस्त प्रयोग गर्न नपाइएको र घरबाट मानिस ननिस्किने भएकोले पनि भेटाउन समस्या भएको मदन राईले बताए ।
उच्चाई अन्दाजी ५ फिट ४ इन्च भएको लिम्बूले एडिड्यासको कालो ट्र्याक, खरानी रंगको टि-सट, खैरो क्याप (नाबुराम) र म्याजिक हाप जुत्ता लगाएर हिडेको बताइएको छ । उनको खोजिको लागि स्थानीयबासी लागिरहेका छन ।
भेटेर बुझाउने जो कोहि महानुभाव हरुलाई एक लाख नगद पुरस्कार प्रदान गर्ने लिम्बूकी छोरी मिनु लिम्बूले पुरस्कार घोषणा गरेकी छन । आफूलाई भेट्न आएको छोरा हराएपछी १०४ बर्षिय बाबु दिनै रोइरहेका छन ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।