२०८० मंसिर १४ बिहीबार

हतुवागढ़ी गाउँपालिकाले कोरोन भाइरस रोकथाम राहतकोष स्थापना गर्यो, सीमाक्षेत्रमा कडा निगरानी गरिने

हतुवागढी । भोजपुरको दक्षिणी क्षेत्र ऐतिहासीक भूमी हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) लाई रोकथामको लागि पूर्व सतर्कता अपनाउदै केही महत्वपूर्ण निर्णय गरी एक विज्ञाप्ति सार्वजानीक गरेको छ ।

करीव २ सय मुलुकहरुमा फैलिएर आतंक मच्चाई रहेको कोरोना भाईरस नामको (कोभिड-१९) जातको फ्लु महामारीका कारण नेपाल गत १० गतेदेखि नेपाल सरकारले लकडाउनको घोषणा गरी प्रकोप नियन्त्रण प्रयास गरीरहेको छ । यसमा विश्वका अधिकाशं देशले अहिले लकडाउन भोगीरहेका छन् । यस जटिल परिस्थीतीलाई सामना गर्न नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले पनि आफुले सक्ने विभिन्न नीति र कार्यविधि बनाई पूर्व तयारी गरिरहेका छन् ।

त्यही अनुरुप भोजपुरको हतुवागढी गाउँपालिकाले पनि कार्यपालिका अध्यक्ष प्रेमकुमार राईको नेतृत्वमा कोरोना भाईरसको रोकथामका लागि स्थानीयलाई सजक, सतर्कता अपनाउन आग्रह गर्दै विभिन्न महत्वपुर्ण विधिहरु कार्यन्वयन गर्नको लागि बुदागत निणर्यहरु गरेको छ । बिशेष गरी हतुवागढी प्रबेश नाकाहरु धनकुटा र हतुवागढीको सिमाक्षेत्र सुनबालुवा पूल, अखुुवाटार र हसनपुर हतुवागढी-९ हसनपुर हलेदे, उदयपुरको मैनामैनी र हसनपुरको चुहारक्षेत्रमा प्रहरी परीचालन गरी पूर्णरुपमा बन्द गरी आवगमन रोकीएको छ ।

हतुवागढी गाउँपालकाले जारी गरेको विज्ञाप्ति अनुसार– जनप्रतिनिधि तथा पालिका भित्रका कर्मचारी सहित शनिबार बसेको बैठकले कारोना भाईरस रोकथाम तथा समस्या परिहालेको अबस्थामा राहत कोष स्थापना गरिएको र यसमा पालिका भित्रका जनप्रतिनिधिको १५ दिनको तलब, अधिकृत स्तरका कर्मचारीको ७ दिनको तलब, त्यस भन्दा तल्लो तहका कर्मचारीको ३ दिनको तलब राहत कोषमा जम्मा गर्ने सर्वसम्मत निर्णय पारित गरिएको छ ।

त्यसैगरी हतुवागढी भित्ररहेका र हतुवागढीमा जन्मेर अन्य ठाउँतिर बसोबास गरी विभिन्न क्षेत्रमा उद्यम, पेशा ब्याबसाय र सेवा गरीरहेका आम नागरिकलाई यो विपतको घडीमा राहत संकलनमा सहयोग गरिदिन आग्रह गर्दै इच्छुकहरुले प्रभु बैङ्कमा रहेको हतुवागढी गा.पा विपद ब्यबस्थापनको खाता न। १८२००२०११३७९८६०००००६ मा जम्मा गरिदिन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

यस्तै कोही कतै कोरोना लागेको वा लक्षणं देखा परे गाउँपालिकालाई जानकारी गराउन हटलाइनको समेत ब्यबस्था गरेको छ । यसका लागि ९८५२०८२१०० मा खबर गर्न समेत भनिएको छ । गाउँपालिकाको वडा नम्बर १ र ९ मा १८/१८ बेडको १/१ वटा क्वारेन्टाइन निमार्ण र हतुवागढी १ स्थित प्राथमिक स्वास्थ्य केन्द्र, घोडेटारमा ४ वेडको आईसोलेशन वार्डको स्थापना गरिएको छ ।

पालिकाको विभिन्न नाकाबाट अन्य जिल्लाका ब्यक्ति प्रवेश गर्ने भएकाले यसको कडाइका लागि सुरक्षा निकाय सगँ सहकार्य गरी ब्यबस्थापन गर्ने बताइउको छ ।
यस विषयमा निरन्तर रुपमा सञ्चार माध्यम मार्फत आबश्यक सुचना निर्देशन तथा समन्वयको लागि सरोकारवाला निकायसंग र्यापिड रेसपोन्स टीम तथा कार्यपालिकाको सदस्यहरुबीच बैठक भईरहेको गाउपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी गराए ।

२०७६ चैत्र २३, आईतवार ०७:३५ गते 1 Minute 188 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार