२०८० मंसिर २४ आईतवार

बेलका नगरपालिका सहित उदयपुर जिल्लामा २४५ जना होम क्वारेन्टाइनमा बस्दै

धरान / बराहक्षेत्रको सप्तकोशी नदी सिमाना रहेको उदयपुर जिल्लाको बेलाका नगरापलिमा विदेशबाट आएका १५९ जनालाई स्थानिय प्रशासनले कोरोना भाइरस संक्रमण भए नभएको परिक्षणका लागि १४ दिन सम्म घर देखी बाहिर ननिस्किई होम क्वाइन्टाइन राखेको छ ।

विदेशबाट आएपनि उनिहरुमा कोरोना संक्रमणको लक्षण देखिएको थिएन । बेलका सम्म धरान देखी चतरा हुँदै पनि यातायात सेवा चल्ने भएकोले धरानसंग पनि मानविय सम्पर्क रहँदै आएको नगरपालिका हो ।

बेलका नपा सहित उदयपुर जिल्लामा होम क्वारेन्टाइनसमा बस्नेको २४५ जना पुगेको जनाएको छ । होम क्वारेन्टाइनमा रहेकाहरुमा त्रियुगामा ७९ र ताप्लि गाउँपालिकामा ७ जना छन् । यस विच उदयपुरबाट कोरोना भाइरस संक्रमण भएको आशंका गरिएका ९ जनाको स्वाब परीक्षणका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी चार जनाको ल्याब रिपोर्ट आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिएको छ ।

विदेशबाट आएका त्रियुगा नगरपालिकाका ४ जना, बेलका नगरपालिकाका १ जना र लिम्चुङबुङ गाउँपालिका ४ जनाको स्वाब परीक्षणका लागि वीपी प्रतिष्ठान पठाइएको छ । लिम्चुङबुङ गाउँपालिकाका बाहेकका सबै बिरामीको नतिजा नेगेटिभ आएकाले जिल्लामा संक्रमण देखीएको छैन् । जनस्वास्थ्य कार्यालयका प्रमुख सुवेदीका अनुसार सर्वसाधरणको बुझाइमा अझै पनि कमी भएका र छिमेकी जिल्लाबाट प्रवेश गर्ने क्रम नरोकिएकाले जोखिम अझै कायम छ । उनले भने ‘तर पनि अहिले सम्मको नतिजाले हामी ढुक्क छौं, तर चुप लागेर बस्ने अवस्था भने छैन ।’  श्रोत : संजाल 

२०७६ चैत्र २३, आईतवार १४:५६ गते 0 Minutes 100 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।