
-अर्जुन जम्नेली
मोरङ । राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटिले पथरी शनिश्चरे नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
संघले स्वास्थ्यकर्मीको लागि ब्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) चार थान र सन ग्लास वितरण गरेको हो । आज (२४ गते) राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य बिजय डाँगी, जिल्ला कमिटी सदस्य मनि लिम्बु, पथरी शनिश्चरे नगर सदस्य सन्जिब गिरि, १० नम्बर वडा सदस्य अनोज घिमिरेको उपस्थित नगर प्रमुख दिलिपकुमार राईलाई हस्तान्तरण गरेको हो ।
संघको मोरङ जिल्ला समितिले जिल्लाको १७ वटै स्थानीय तहमा पीपीई बितरण गरेको जिल्ला अध्यक्ष नवीन पौडेलले बताए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।