२०८० आश्विन ७ आईतवार

कोरोना विरुद्धको दैवि प्रकोप तथा राहतकोषमा बराहाक्षेत्र प्याब्सनद्वारा आर्थिक सहयोग

-प्रकाश दिप्साली राई
नडाहा / मुलुक विश्वव्यापी माहामारी (कोभिन-१९) कोरोना भाइरसको संक्रमणमा आक्रान्त भैरहेको बेला वराहक्षेत्र प्याव्सनले वरहाक्षेत्र नगरपालिकाले स्थापना गरेको प्रकोप व्यबस्थापन राहत कोषमा रु. १ लाख ३५ हजार आार्थिक सहयोग गरेको छ ।

आज वराहक्षेत्र नगरपालिकामा नै पुगेर वराहक्षेत्र प्याब्सनले सो सहयोग रकमको चेक वराहाक्षेत्र नगरापालिकाका नगरप्रमुख निलम खनाललाई हस्तान्तरण गरेको हो । वराहक्षेत्र भित्रका विभिन्न संस्थागत विद्यालयहरुबाट जम्मा गरेर १ लाख ३० हजार ५ सय उपलब्ध गराएको हो । रकम हस्तान्तरण गर्दै वराहक्षेत्र प्याब्सनका अध्यक्ष कृष्ण तामाङले यो विपत्तिको बेलामा आम मानव जीवनको निम्ति सानो सहयोग गर्न पाउँदा थोरै भए पनि केही गरेको महसुस भैरहेको बताए । यस्तै सहयोग रकम ग्रहण गर्दै वराहाक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाले यो विषम परिस्थितिमा वराहक्षेत्र प्याब्सनले खेलेको यो भुमिकालाई यस नगरपालिकाले सदा स्मरण गरिरहने बताउँदै वराहक्षेत्र प्याब्सन प्रति आफु र सिङ्गो वराहाक्षेत्र नगरपालिका कृतज्ञ रहेको बताए ।

हाल नेपालमा कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै मुलुकलाई लकडाउन गरिएको छ । लकडाउनबाट प्रभावित अति विपन्न परिवारलाई स्थानीय तह राहत वितरण गर्न व्यस्त रहेको छ । हाल सम्म वराहक्षेत्र नगरपालिकाको प्रकोप व्यबस्थापन राहत कोषमा ५ लाख १७ हजार १ सय ११ रुपैयाँ जम्मा भैसकेको र अरु जम्मा हुने क्रम पनि जारी रहेको नगरपालिका श्रोतले जनाएको छ ।

२०७६ चैत्र २४, सोमबार ०४:१८ गते 1 Minute 26 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार