बैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय, लकडाउनलाई पुर्णरुपमा पालना गर्न नागरिकलाई आब्हान

Spread the love

धरान । कोरोना भाइरसको संक्रमण थप जोखिम नै रहेको कारण सरकारले लकडाउन ८ दिन फेरी थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

केहि हप्ता अगाडी चीनको उहन प्रान्तबाट शुरु भएको कोरोना भाइरस (Covid-19) ले संसारभरी महामारीको रुप लिदै फैलिएर हजारौको ज्यान लिइएरहेको बेला नेपाल सरकारले पनि जोखिम न्यूनीकरण गर्नको लागि गत चैत्र १० गतेबाट लक्डाउन सुरु गरेको थियो। फेरी यसको समयावधि बिचमा थप गर्दै लकडाउनको अवधि बढाएर २५ गतेसम्म लम्ब्याएको थियो ।

देशमा थप जोखिम नहोस भन्ने उदेश्यले आज बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३ गतेसम्म लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।

28640cookie-checkबैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय, लकडाउनलाई पुर्णरुपमा पालना गर्न नागरिकलाई आब्हान

प्रतिकृया दिनुहोस्