२०८० चैत्र १५ बिहीबार

पथरीमा युवा संघले गरे रगत संकलन

मोरङ । लकडाउनको करण रगत अभाव भएको बेला नेकपा सम्बद्द युवा संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङको पथरी शनिश्चरे नगर समितिले रक्तदान कार्यक्रम गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञन प्रतिष्ठानको सहकार्यमा आज (चैत्र २५) भएको कार्यक्रममा ६३ पाउन रगत संकलन भएको संघको जिल्ला सदस्य मनि लिम्बूले बताए ।

कार्यक्रममा संघको केन्द्रीय सदस्य बिजय डागी, जिल्ला सदस्य मनि लिम्बू, नगर संयोजक सुमन वनेम, सहसंयोजक नवीनजंङ कार्की, पथरी उध्योग वाणिज्य संघको अध्यक्ष दीपक बस्नेत लगायतले रगत दिएका थिए । कार्यक्रमको अन्तमा सामाजिक ब्यक्तित्व युवराज बास्कोटाले आयोजक सस्था र नेतृत्वलाई धन्यवाद दिएका थिए ।

कोरोनाभाइरस नियन्त्रण गर्न सरकारले लामो समयदेखि लकडाउन भएपछि रगत अभाव भएको छ । उक्त अभाव पुर्ती गर्न सहयोग पुर्‍याउने उदेश्यले संघले रक्तदान कार्यक्रम गरेको हो ।

२०७६ चैत्र २५, मंगलवार ०६:२५ गते 0 Minutes 89 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार