
विराटनगर / प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप रु. २० लाख जम्मा भएको छ । अब कोषमा रकम दाखिला भएको परिमाण रु. ११ करोड ८५ लाख ७४ हजार ५ सय ५० जम्मा भएको छ । कोषमा सोमबारसम्म रु. ११ करोड ६५ लाख ११ हजार ३१ रुपैयाँ थियो ।
सरकारले प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम, ठेगाना स्पष्ट उल्लेख गरी बैंक दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई इमेल गरी पठाउन आग्रह गरेको छ ।
कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।