
विराटनगर / प्रदेश १ सरकारले कोरोना उपचारका क्रममा खटिएका कर्मचारीले ज्यान गुमाए ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
कोरोना उपचारका क्रममा खटिँदा ज्यान गुमाउने स्वास्थ्यकर्मी र कर्मचारीका परिवारलाई प्रदेश १ सरकारले क्षतिपूर्ति वापत ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मनत्री हिक्मत कार्कीले जानकारी दिए । उनका अनुसार सरकारले कोरोना उपचारमा खटिनेहरुको सुरक्षाको प्रत्याभूति गर्न यस्तो निर्णय गरिएको बताए ।
उपचार प्रक्रियामा खटिने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी, निजामति कर्मचारी र स्थानीय तहका कर्मचारीलाई यस्तो क्षतिपूर्ति उपलब्ध गराउने निर्णय सरकारले लिएको हो ।
प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । तर, परीक्षण दर ज्यादै सुस्त हुँदा ढुक्क हुने अवस्था नरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मंगलबारसम्ममा प्रदेशका ९० जनाको स्वाब संकलन भएको छ भने ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी ५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा ९ जना आइसोलेसनमा छ्न् भने ६१३ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २ हजार ८ सय ८५ जना होम क्वारेन्टाइनमा छन् ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।