२०८० चैत्र ६ मंगलवार

राहात वितरणलाई व्यवस्थित गर्न सामाजिक संघ संस्थाहरुलाई मुख्यमन्त्री शेरधन राईको आग्रह

विराटनगर / प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक संघ संस्थाहरुले गरिरहेको राहात वितरणलाई व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

बुधबार राजनीतिक दलको संयत्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले राजनीतिक दलले आफ्नो संयत्र मार्फत स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा सहयोग पुग्ने बताउनुभयो । नेपाल सरकारको निर्देशिका अनुसार स्थानीय तहले संयत्र बनाएर एकद्वारबाट राहत वितरण गर्नुपर्ने भएपनि विभिन्न समाजिक संघ संस्थाले वितरण गर्नेक्रम नरोकिएपछि मुख्यमन्त्री राईले दलहरुलाई सो आग्रह गर्नुभएको हो ।

कोरोना भाइसरको सक्रमण हुन नदिन सरकारले गरेको लकडाउनले विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई परेको समस्या समाधानका लागि सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको र त्यसैलाई व्यवस्थित बनाउन दलहरुको पनि सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । कोरोना महामारी विरुद्धको अभियान सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक एकजुट भएर अगाडि बढेमात्र सफल हुने बताउँदै संकटका वेला सबै एक हुनुपर्ने बताउनु भयो ।

राजनीतिक दलका नेताहरुले कोरोनाको संक्रमण रोकथामका लागि प्रदेश सरकारले गरेका कार्यहरु सकारात्मक रहेको भन्दै अझै यसलाई प्रभावकारी ढंगले सञ्चालनु गर्नुपर्ने बताउनुभयो ।

२०७६ चैत्र २६, बुधबार १५:४४ गते 0 Minutes 76 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार