२०८० आश्विन १४ आईतवार

प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा १२ करोड ३६ लाख जम्मा

विराटनगर / प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा १२ करोड ३६ लाख ९५ हजार ९ सय ८४ रुपैयाँ जम्मा भएको छ ।
सरकारको खातामा बुधबार भाटभटेनी सुपर मार्केटको तर्फबाट रु. २५ लाख प्रदान गरिएको छ । विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बुधबार चेक हस्तान्तरण गरेकी हुन । त्यस्तै जिल्ला सहकारी संघ लिमिटेड मोरङले ५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय वाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
सरकारले प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम, ठेगाना स्पष्ट उल्लेख गरी बैंक दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई इमेल गरी पठाउन आग्रह गरेको छ ।

कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

२०७६ चैत्र २६, बुधबार १५:५२ गते 0 Minutes 30 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।