
धरान । किरात कूलका पहिलो पहिचानका अभियान्ता लेखक, साहित्यकार भुईदल राईको निधन भएको छ । चैत्र २६ गते मध्याह्न उनको ९१ बर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय राई आफ्नो पुख्यौली थलो भोजपुरको गतुवागढीस्थित साविकको गाविस सिन्द्राङ वडा नं. १ माक्साहुतलाई छोडेर कहिले काठ्माण्डौ त कहिले धरान बस्दै आएका थिए । पछिल्लो समय इटहरीस्थित ओसनपार्क क्षेत्रमा आफ्नो माइलो छोरा प्रार्थराज राई र नातिहरुसंग बसोबस गर्दै आएका थिए ।
राजनैतिक र सामाजीक कर्ममा लामो समय विताएका स्वर्गीय राई समसामयी लेखन र सहित्यमा अत्यन्त सक्रिय थिए । राईको थुप्रै पुस्तकहरु प्रकाशित छन । वहालाई नजिकबाट चिन्ने र समकालिनहरु वहाँको बारेमा भन्छन्- ‘आफुले लेखेका पुस्तकहरु घर घरमा बाँड्न र बिक्री गर्न पनि जान्थे । उहाँको किताबहरु थुप्रै छन, उहाँ लेखक र सामाजिक अभियन्ता हुनुहुन्थ्यो,’ हामी राम्रो गतिमा अघि बढ्नुपर्छ, केही न केही गरिरहनुपर्छ भन्ने सकरात्मक व्यक्तित्व हुनुहुन्थ्यो ।’ कुनै बेला उनलाई क्षेत्री बाहुन बिरोधी जातीय पक्षपाती राई भनेर राज्यको धरपकड समेत खेपेका थिए।
स्वर्गीय राईको जम्मा ९२ वटा पुस्तक प्रकाशित भएको छ । पछिल्लो समय भुईदलको इतिबृत्ति नामक पुस्तक तयारी भई १ नं. प्रदेशका मूख्यमन्त्री शेरधन राईद्वार लोकार्पण गर्ने तयारी थियो । तथापी कोरोना भाइरसको आतंको कारण उक्त योजना पुरा हुनसकेन ।
स्वर्गीय राई भोजपुर जिल्लाकै पहिलो जिल्ला पञ्चायत सभापति र तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य समेत भएका थिए । स्वर्गीय राई आफ्नो नाम भुइँदल राईलाई बान्तावा भाषामा उल्था गरेर आफ्नो नागरिकतामा समेत पुनः संशोधन गरेर भूइ(थाम्पुक) दल (ल्हिम) ‘किरात थाम्पुक ल्हिम’ भनेर सच्याएर खरो पहिचानवादी अगुवाकोेरुपमा पनि परिचित थिए । स्वर्गीय राई राईहरुको जातीय सस्था किरात राई यायोक्खाको सस्थापक अध्यक्ष गंगाराज राईको बुबा समेत हुन्।
पारिवारीक श्रोतका अनुसार स्वर्गीय राईको अन्यस्ती धरान स्थितको हरियाली सामुदायीक बन उपभोक्ता क्षेत्रमा आज चैत्र २७ गते गरिने छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।