२०८० मंसिर १४ बिहीबार

मितेरी बैंकद्वारा धरानको कोरोना राहत कोषमा २ लाख रकम सहयोग

धरान । धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी विकास बैंकले धरान उपमहानगरको ‘कोरोना राहत कोष’ मा २ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले २ लाख रुपैयाँ बराबरको चेक धरान उपमहानगरका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई हस्तान्तरण गरे । बैंकका अध्यक्ष किशन मास्के, सञ्चालक समितिद्वय सरोज श्रेष्ठ र सुनिल श्रेष्ठ साथै बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी वस्तीले चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरणको क्रममा अध्यक्ष मास्केले भने, ‘सहयोग रकम यो नै अन्तिम होइन, थप क्रिटिकल स्थिति सिर्जना भएमा थप रकम पनि सहयोग गर्न सकिन्छ ।’

धरान उपमहानगरका प्रमुख राईले बैंक परिवारलाई धन्यवाद दिँदै आफूले प्राप्त गरेको राहत कोषको रकम लक्षित वर्गमै पुग्ने बताए । कोषको रकम लक्षित वर्गमा नपुगेको नगरबासीहरूको संशयप्रति उनले भने, ‘तपाईंहरूले उठाउनु भएको कुरा एकदमै गम्भीर हो, यसमा हामी पनि गम्भीर छौं, लक्षित वर्गमै यो रकम पुग्नेछ । त्यसमा हामी प्रतिवद्धता जनाउन चाहन्छौं ।’

मितेरी बैंक धरानका प्रमुख कार्यकारी अधिकृत वस्तीले बिहीबार कोषमा व्यक्तिगत तर्फबाट १ लाख २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे । बैंकले केहि साता अगाडी मात्रै प्रदेश सरकारको राहत कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

२०७६ चैत्र २९, शनिबार ०८:२२ गते 0 Minutes 42 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार