२०८० चैत्र १५ बिहीबार

लकडाउन थप कडा , धरान तथा इटहरीमा लकडाउन उल्लंघन गर्ने १६७ जना प्रहरीकाे नियन्त्रणमा

धरान / कोरोना भाइरसको संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको बेला प्रशासनले लकडाउनलाई कडा पारेको छ । लकडाउनका समयमा अनावश्यक रुपमा घरबाहिर निस्किनेको जमात बढ्दै गएपछि सुनसरी प्रहरी प्रशासनले उल्लंघन गर्नेलाई प्रक्रउ गर्न थालेको हो । यसै क्रममा सुनसरीमा विहानदेखी अहिलेसम्म लकडाउने गर्ने करिव ३ सय ७० जनालाई प्रक्राउ गरेको छ ।

भारतमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै प्रदेश एकमा लकडाउनलाई कडा बनाउन थालेको हो । कारोना नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी योजना बनाउदै सर्वसाधरणहरुलाई आवत जावतमा पूर्ण रोक लगाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता विनोद शर्माले जानकारी दिए ।

यस्तै धरानमा मर्निङवाकमा हिडेका १ सय २३ जनालाई धरान प्रह्रीले प्रक्राउ गरी धरान १२ पब्लिक माविको प्रांगणमा राखेर कोरोना सम्बन्धी सचेतना कक्षा दिइएको थियो । मर्निङ वाक र इभिनिङ वाकको नाममा जथाभावि सर्वसाधारण बाहिर निस्कन थालेपछि सम्भावित जोखिमलाई न्यूनिकरण गर्न यसरी कडाइ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । यसरी प्रक्राउ परेकालाई कोरोना सम्बन्धी सचेतना कक्षा सञ्चालन गरेर छेडिदिएको बताए ।

त्यस्तै गरी इटहरी हुदै हिड्ने १४० जना पुरुष र ४ जना महिला गरि १ सय ४४ जनालाई पक्राउ गरि थुनिएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । ४३ वटा मोटरसाईकल,५२ वटा साईकल,अटो लगायतको सवारी साधन पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

भारतमा कोरोना भाइरसको संक्रमणको संख्या बढ्दै गएपछि सीमा क्षेत्रबाट प्रवेश गर्ने क्रम नरोकिएकोले पनि प्रदेश नं. १ मा कडाई गर्न प्रदेश नं. १ सरकारले निर्देशन दिएपछि यसरी सुनसरीका प्रहरी प्रशासन सक्रियताका साथ लकडाउन उल्लंघन गर्नेलाई प्रक्राउ गर्न थालेको हो ।

२०७६ चैत्र २९, शनिबार १०:४५ गते 0 Minutes 58 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार