२०८० आश्विन १२ शुक्रबार

किरात राई यायोेक्खा सुनसरीद्वारा राहत कोषमा १ लाख सहयोग

धरान । कोरोना भाइरस (कोभिड-१९) को महामारी जोखिम तथा विपत ब्यबस्थापन राहत कोषमा किराया सुनसरीले रु. १ लाख रकम आर्थिक सहयोग गरेको छ ।

मुलुक अहिले कोरोना भइरस (कोभिड-१९) को संक्रमणको कारण देश पुरै लकडाउनमा रहेकोले यसबाट अति विपन्न बर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र त्यसमा आश्रित मानिसहरु प्रभावित भइरहेकोले उनीहरुलाई केही राहत प्रदान गर्नको लागि लागि धरान उपमहानगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम नियन्त्रण उपचार तथा राहत कोषमा जम्मा हुने गरी किराया सुनसरीका अध्यक्ष बलराम राई, उपाध्यक्ष हिन्दुहाङ राई, सचिव राजेन्द्र राई, कोषाध्यक्ष सुवित्रा राइले नगर प्रमुख तिलक राई र उप प्रमुख मञ्जु भण्डारी सुबेदीलाई रु. ५० हजार रकम हस्तान्तरण गरेका थिए ।

अहिले कोरोना भाइरस (कोभिड-१९) का कारण विश्व नै आतंकीत भइरहेको अवस्थामा यसको प्रभाव छिमेकी मूलक भारत र नेपालमा समेत परीरहेको र हाल देश नै लकडानमा गुज्रीरहेको हुनाले यसबाट प्रत्यक्षरुपमा अति विपन्न बर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र त्यसमा आश्रित मानिसहरु प्रभावित भइरहेको हुनाले उनीहरुको लागि एकछाक खानको लागि भएपनि सुनसरीका तीनवटा नगरकापालिका धरान, इटहरी र बराहक्षेत्र नगरपालिकाको राहत कोषमा जम्मा हुने गरी किराया सुनसरीले रकम हस्तान्तरण गरेको र त्यसमा इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकालाई नगद ५० हजार गरेर बिपत ब्याबस्थापन तथा राहतकोषमा जम्मा १ लाख आर्थिक सहयोग गरेको किराया सुनसरी अध्यक्ष बलराम राईले बताए ।

राहत रकम हस्तान्तरणको क्रममा मेयर तिलक राईले भने- “तपाईहरुले जम्मा गर्नु भएको यो राहत रकम अवश्य पनि साचिकै यस नगर भित्र रहेका अति विपन्न बर्ग, दैनीक ज्यालामजदुरी गरी जीवन यापन गरीरहेका र विपतमा परेका लक्षित वर्गका नागरिकहरुको हरघरमा पुर्याउने छौ । तपाईहरु जस्तै विभिन्न संघ संस्था, ब्याबसायी संस्था, सामाजीक संस्थाहरुले प्रदान गर्नु भएको राहत र विपत ब्यबस्थापन समितिले जम्मा गरेको राहतले अहिले संकटमा गुज्रीरहेका नागरिकहरुको दैनीकी जीवन केही सहज भएको छ यस सहयोग प्रति हार्दिक धन्यबाद दिन चाहान्छु ।”

राहत हस्तान्तरण कार्यक्रममा धरान नगरपालिका विपत ब्यबस्थापनका प्रतिनिधीहरु लगायत किराया सुनसरीका सहसचिव नविन राई, सहसचिव शम्भू राई, सह कोषाध्यक्ष उपेन्द्र चाम्लिङ, सदस्य चन्द्र कुमार राई, मेनुका राई, प्रदिप राईको उपस्थिती थियो ।

२०७६ चैत्र २९, शनिबार ०५:५६ गते 1 Minute 37 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार