डा.शर्माले दिएको राहत कानेपोखरी गाउँपालिकाले यो बेला अस्वीकार गर्नु गम्भीर बिषय हो

Spread the love

मोरङ । नेपाली काँग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले प्रदान गर्न लागेको राहत रकम कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले अस्वीकार गरेको भन्दै काँग्रेसले आपत्ति जनाएको छ । काँग्रेस कानेपोखरीले प्रेस बिज्ञप्ति जारी गरेर कोरोनाको महामारीका बेला दिन लागेको राहत अस्वीकार गरेको भन्दै यसलाई अक्षम्य घटनाको संज्ञा दिएको छ ।

काँग्रेस कानेपोखरी सभापति योगेन्द्र दाहालद्वारा जारी बिज्ञप्तिमा मोरङको ३ नं.क्षेत्रका चार वटै पालिकालाई सामुहिक रुपमा राहत प्रदान गर्ने कार्यक्रममा बेलबारी बोलाउँदा आधिकारीक सूचना नआएको भन्दै अध्यक्ष काफ्ले नजानुलाई अक्षम्य घटनाको संज्ञा दिइएको छ ।

‘कानेपोखरी गाउँपालिकाले सबैलाई राहतका लागि सहयोगको आवहन गर्दा हालसम्म खातामा ५० हजार जति पनि जम्मा भएको छैन । यस्तो अवस्थामा डा.सुनिल शर्माले ५ लाख दिने कार्यक्रममा बेलबारी बोलाउँदा आधिकारीक सूचना नभएको भन्दै राहत अस्वीकार गरेको घटनाले काँग्रेसलाई आश्चर्यचकित बनाएको छ ।’ बिज्ञप्तिमा भनिएको छ ‘यहि क्षेत्रका सुन्दरहरैंचा, बेलबारी र पथरीशनिश्चरे नगरपालिकाले बैंक खाता हुँदा हुँदै पनि प्रमुखहरु आफै सहभागि भएर राहत रकमको चेक लिनु तर, कानेपोखरी गाउँपालिकाले अस्वीकार गर्नुलाई हामीले अक्षम्य घटनाको रुपमा लिएका छौ ।’

राहत नलिएर गल्ति गरे लगत्तै गाउँपालिका प्रबक्ताले बिज्ञप्ति सार्वजनिक गरेर गाउँबासीलाई भ्रम फैलाएको र बिधिको शासनलाई लत्याएको कांग्रेसको ठहर छ । यता, आवश्यकताको आधारमा राहत वितरण गर्न सर्वदलिय राहत वितरण समिति गठन भएतापनि एकलौटी रुपमा नेकपाले संकलन गरेको नामावलीका आधारमा राहत वितरण भईरहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले सात वटै वडामा न्यायोचित हिसावले राहत बाढ्न माग पनि गरेको छ । त्यस्तै कानेपोखरी १ नं.वडामा गाउँपालिका उपाध्यक्षले एकद्धार नीति उल्लंघन गर्दै मानोमानी रुपमा नेकपाको तर्फबाट राहत बाढेको भन्दै कांग्रेसले भत्सना गरेको छ ।

राहत वितरणमा नेकपाको चरम राजनीति र काँग्रेस प्रतिनिधिसभा उम्मेद्वार डा.शर्माले दिन लागेको राहत अस्वीकार तथा वितरण न्यायोचित नभएको भन्दै अव कानेपोखरी काँग्रेसले एकद्वार नीति उल्लंघन गर्ने बिज्ञप्तिमार्फत चेतावनीसमेत दिएको छ । कानेपोखरी बाहेक ३ नम्बर क्षेत्रका तीन नगरपालिकामा भने एकद्वार नीतिमार्फत नै राहत वितरण हुँने काँग्रेसले जनाएको छ ।

29940cookie-checkडा.शर्माले दिएको राहत कानेपोखरी गाउँपालिकाले यो बेला अस्वीकार गर्नु गम्भीर बिषय हो

प्रतिकृया दिनुहोस्