कानुन ब्यबसायी क्लबले कोरोना फूड बैङकमा खाद्यन्न सामाग्री हस्तान्तरण

खाद्यन्न सामग्री हतान्तरण गर्दै कानुन ब्यबसयी। तस्विर : इ पोस्ट टाइम्स
Spread the love

धरान । कोरोना भाइरस (कोभीड-१९) विपत ब्याबस्थापनको फूड बैङकमा कानुन ब्यबसाीहरुले ७० हजार ५५ रुपैया बराबरको खाद्यन्न सामाग्री हस्तान्तरण गरेका छन् ।

अधिवक्ता (वकिल) हरुको साझा संस्था कानुन ब्यबसायी क्लब  धरानका २९ जना कानुन ब्याबसायीहरुले राहत रकम संकलन गरी १६ सय कि.लो. चामल र ६२ पोका नुन धरान उप महानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुबेदीलाई नेपाल वार एशोसियसन केन्द्रीय उपाध्यक्ष मान बहादुर रुम्दाली र धरान कानुन क्लबका अध्यक्ष बीरेन्द्र बहादुर बस्नेतले उक्त राहत खाद्यन्न सामाग्री हस्तान्तरण गरेका हुन ।

विश्वलाई अहिले कोरोना भाइरसले आक्रन्त पारीरहेको अवस्थामा हाल नेपालमा समेत यसको गहिरो प्रभाव पर्दै गइरहेको छ । कोरोना भाइरसको क्षति कम गर्ने उदेश्यले अहिले सरकारले लकडाउनको घोषणा गरेको छ ।

हाल यसको असर प्रत्यक्षरुपमा अति विपन्न र दैनीक ज्यालामजदुरी गरी आफू र आफ्नो परिवार पालिरहेका निम्नबर्गीय समुदायका नागरिकहरुको दैनीकी ज्यादै कस्टकर बन्दै गरेको र त्यसलाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण तथा राहत कोष र फूड बैङकको स्थापना गरी स्थानीय तहको समन्वायमा लक्षीत बर्गलाईको पहिचान गरी राहत वितरण गरीरहेको हुनाले त्यस कार्यमा आफूहरुले पनि सानो सहयोग गरेको कानुन ब्यबसायी दर्शन कर्ण राईले बताए ।

29850cookie-checkकानुन ब्यबसायी क्लबले कोरोना फूड बैङकमा खाद्यन्न सामाग्री हस्तान्तरण

प्रतिकृया दिनुहोस्