२०८० चैत्र १६ शुक्रबार

बेलायती प्रधानमन्त्री जोन्सन उपचारपछि ‘अस्पतालबाट फर्के’

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन उपचारपछि प्रधानमन्त्रीको सरकारी निवासमा फर्किएका छन  प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) का प्रवक्ताले उहाँ प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता भएको बताएका छन् ।

बेलायती प्रधानमन्त्री जोन्सन करिब दुई साता अघि कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । संक्रमणको पुष्टि भएपछि उहाँ निबासमै आइसोलेशनमा बसेका थिए । अवस्था सुधार नहुने देखिएपछि गत् साता लण्डनस्थित एक अस्पतालमा भर्ना भएका उनलाई गत् मंगलबार आईसीयूमा राखिएको थियो ।

डाउनिंग स्ट्रिटका अनुसार प्रधानमन्त्री जोनसन अस्पतालबाट लण्डनबाहिर रहेको प्रधानमन्त्रीको सरकारी निवास ‘चेकर्स’ मा फर्किएका छन्। जहाँ उनले  बाँकी केही दिन आराम गरी पूर्ण निको हुनेछ । प्रधानमन्त्री जोन्सनको उपचारमा सम्लग्न चिकित्सकको सल्लाह बमोजिम उनको तत्काल काममा फर्किन सक्ने अवस्था भने नरहेको बताएका छन् ।

२०७६ चैत्र ३०, आईतवार १६:०३ गते 0 Minutes 77 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार