२०८० जेष्ठ १८ बिहीबार

कोरोन भाइरस नियन्त्रण, उपचार तथा राहत कोषमा वराह ग्रुपको १९ लाख रुपैया सहयोग

धरान / धरानमा धेरै लामो समयदेखि संचालित सेवा प्रदायिक व्यापारिक प्रतिष्ठान बराह ग्रुपले कोरोना भाइरस (कोभिड-१९) महामारीबाट उत्पन्न संक्रमण तथा नियन्त्रण र उपचार कोषमा ग्रुपको स्वदेश तथा बिदेशमा रहेका आफ्नो २५ वटा सम्बन्धन साखा र कर्मचारीहरुको तर्फबाट १९ लाख रकम सहयोग गरेको छ ।

सोमवार बराह ग्रुपले संघिय कोरोना राहत कोषमा ११ लाख ४० हजार र  धरान उप-महानगरपालिकाद्धारा तत्काल स्थापना गरेको “कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोष”  मा ७ लाख ६० हजार सहयोग प्रदान गरेको हो । कुल बजेटको ४० प्रतिशत स्थानीय सरकार र ६० प्रतिशत सघिय सरकारको राहत कोषमा जम्मा हुने गरि  उक्त चेक प्रदान गरिएको हो ।

धरान नगर प्रमुख तिलक राई र उप-प्रमुख मञ्जु भण्डारीलाई सो रकम बराबरको चेक बराह ग्रुपका अध्यक्ष शिव लामिछानेले हस्तान्तरण गरेका थिए । बैंकको चेक हस्तान्तरण गर्दै अध्यक्ष्य लामिछानेले भने – ‘विश्वमा नै अहिले कोरोना भाइरसको महामारीले आतंकित बनाइरहेको बेला हाम्रो देश नै लकडाउनमा भएको अवस्थामा अति विपन्न नागरिकहरुलाई राहत पुर्याउने उद्धेश्यले सस्थाको तर्फबाट सानो सहयोग गरेका छौ। व्यापारिक संस्थाहरु नाफा कमाउने मात्र नभएर परिआएको खण्डमा आगामी दिनहरुमा पनि बराहले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग र सहकार्यको लागि सधै अग्रपंतिमा रहने छ ।’

धरान उप-महानगरपालिकाका मेयर तिलक राईले भैपरी आउदा र विपतको घडीमा बराह जहिले पनि आम नागरिकको पक्षमा उभिदै आएको बताउँदै यो संकतको बेला यत्रो ठुलो सहयोगको लागि बराह ग्रुप परिवारलाई  धन्यवाद समेत व्यक्त गरे । मेयर राइले आगामी दिनहरुमा समेत समय परिस्थिती अनुरुप सहयोगका लागि आग्रह समेत गरे । राहत प्रदान कार्यक्रममा बराह गु्रपका अध्यक्ष शिव लामिछानेसँगै धरान शाखा प्रमुख मान बहादुर दियाली, प्रमुख प्रशासकिय अधिकृत गंगा कालकोटे, ज्वेलरी विभाग प्रमुख सौराज लागिछाने लगायत बराहका कर्मचारीहरुको उपस्थिती रहेको थियो।

विभिन्न सामाजिक, धार्मिक, सास्कृतिक कार्यमा आफ्नो सुखद उपस्थिति रहदै आएकोे बराहले लकडाउनको अवस्थामा अहिले आम धरानवासीका घरघरमा खाद्यान्न सामाग्री, खानेपानी तथा अन्य सेवाहरु निःशुल्क होम डेलिभरीको सेवा प्रदान गर्दै आएको छ ।

२०७७ बैशाख १, सोमबार १४:३१ गते 1 Minute 233 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।