२०८० जेष्ठ १७ बुधबार

कोरोना विरुद्द लड्न मोरङ प्रहरीको नमुना प्रयास “प्रहरीको साथि म” अभियान प्रभावकारी

-अर्जुन जम्नेली

मोरङ । कोरोनाभाइरस विरुद्द लड्न जिल्ला प्रहरी कार्यालय मोरङले “प्रहरीको साथि म” भन्ने अभियानसहित समुदायलाई सकृय गराउने अभियान चलाइरहेको छ ।

विश्वभर महामारीको रुपमा आएको कोरोनाभाइरस (COVID-19) विरुद्द नेपालमा तीन हप्तादेखि लकडाउन (बन्द) छ । कोरोना विरुद्ध लडन मोरङ प्रहरीले भने समुदायलाई क्रियाशील गराउन “प्रहरीको साथि म” भन्ने अभियान सन्चालन गरेको हो । यो अभियान नेपालमै पहिलो हो । कोरोना विरुद्द लड्न प्रहरीको सहयोग भूमिकाको लागि अभियान चलाइएको जिल्ला प्रहरी मोरङका प्रमुख एसपी विश्व अधिकारीले बताए ।

यो अभियान अन्तरगत जिल्लामा रहेका स्थानीय तह(नगर, गाउँपालिका)को हरेक वडामा १०-१० जना युवालाई छानेर छोटो प्रशिक्षण दिइन्छ । आफ्नो वडामा पुर्‍याउनु पर्ने भूमिकाको जानकारीसहित उनिहरुलाई “प्रहरीको साथि म” लेखिएको टिसट दिएर कोरोना विरुद्द लड्न स्वयंसेवकको रुपमा टोलटोलमा खटाइएको छ ।

हिजो (आइतबार) इलाका प्रहरी कार्यालय पथरीमा जिल्ला प्रहरी प्रमुख एसपी विस्व अधिकारीको उपस्थितिमा अन्तरक्रिया तथा प्रशिक्षण थियो । सामाजिक दुरि कायम गरेर आयोजित अन्तरक्रियामा इलाकामा रहेका हरेक वडाबाट १० जनाको दरले १७० जना स्वयंसेवक उपस्थित रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीले बताए ।

प्रशिक्षणमा एसपी पोखरेलले स्वयंसेवक प्रहरीहरुले सबैभन्दा पहिला आफूलाई कोरोनाभाइरस नलागोस, लागिहालेमा अरुलाई सार्दिन भन्ने प्रतिवद्दता र सो बारे जनचेतना फैलाउनु पर्ने बताए । “प्रहरीको साथि म” भन्ने टिसट भएपछि नैतिकवान बन्नु पर्ने समेत पोखरेलको निर्देशन थियो ।

आइतवारै बेलबारी, लेटाङ, उर्लाबारी नगरपालिकामा पनि अन्तरक्रिया रहेको एसपी अधिकारीले बताए । मोरङमा एक हजार छ सय “प्रहरीको साथि म” भन्ने टिसटसहितको स्वयंसेवक प्रहरी रहेको प्रमुख अधिकारीले बताए ।

मोरङमा एक जना प्रहरीले ५३२ जनाको सुरक्षा हेर्नूपर्ने अवस्थामा “प्रहरीको साथि म” भन्ने अभियान नेपालमै पहिलो र नमूनाको रुपमा प्रस्तुत भइरहेको जिल्ला प्रहरी प्रमुख विश्व अधिकारीको दावी थियो । यो अभियान कोरोना संक्रमण सकिएपछि अन्य सेवामा निरन्तर लाने योजना रहेको उनले बताए ।

“प्रहरीको साथि म” भन्ने टिसर्टसहितको स्वयंसेवक पालिकाहरुको राहत वितरण कार्यक्रममा प्रभवकारी देखिएको छ ।

२०७७ बैशाख १, सोमबार ०६:१४ गते 1 Minute 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।