
-अर्जुन जम्नेली राई
इटहरी । किरात राई यायोक्खा इटहरी उपमहानगरपालिका कार्य समिति र किरात राई यायोक्खा सुनसरीले संयुक्त रुपमा जम्मा गरेर कोरोना भाइरस (कोभिड १९) प्रभावितहरुका लागि इटहरी उप-महानगरपालिकालाई एक लाख नगद राहत उपलब्ध गराएको छ ।
कोरोनाभाइरस (कोभिड १९) नियन्त्रण गर्न राज्यले गरेको लकडाउनको कारण प्रभावित वर्गको लागि किरात राई यायोक्खा सुनसरी र किराया इटहरी उपमहानगरपालिका कार्य समितिले चैत्र ३० गते राहत रकम नगरप्रमुख द्वारिकलाल चौधरीलाई बुझाएका हुन ।
राहत रकम हस्तान्तरण गर्न यायोक्खा इटहरीका अध्यक्ष खगेन्द्र राई लगायतको टोलि उपमहानगरपालिका गएका थिए । यस अघि किरात राई यायोक्खा सुनसरी जिल्ला समितिले धरान उपमहानगर पालिकालाई पचास हजार राहत रकम नगरप्रमुख तिलक राईलाई हस्तान्तरण गरेका थिए । यायोक्खा किरात राई समुदायको साझा संस्था हो ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।