२०८० चैत्र १६ शुक्रबार

बैशाख १० गते सम्मलाई कृषि बजारमा पनि लकडाउन

धरान / छिमेकी मुलुक भारतमा दैनिक जस्तो कोरोना भाइरस सक्रमित बढिरहेको र भारतीय सब्जी व्यापारीको आवतजावतले कोरोना भाइरस(कोभिड १९)को जोखिम बढेपछि साताको लागि धरान कृषि उपज बजार बन्द गर्ने निर्णय भएको छ ।

आज बिहान उपमेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा व्यापारी एवं सरोकारवालाहरुसँगको बैठकले बैशाख १० गते सम्मलाई कृषि बजारमा पनि लकडाउन गर्ने निर्णय भएको हो । एकसाता पछि भने परिस्थितिलाई हेरेर, र उपभोक्ताहरुको चाहना अनुसार के गर्ने भन्ने बारे थप निर्णय हुने  बताएको छ  ।

उपमेयर भण्डारीले प्रदेश र संघीय सरकारले भारतसँगको नाकामा कडाई गर्नुपर्ने पनि बताइन् । सब्जी आयातको नाममा भारतबाट मानिसहरु दैनिक नेपाल प्रवेश गरिरहेको प्रति सरकारले बिशेष ध्यान दिनुपर्ने उनले बताइन् । ‘सब्जीको गाडीबाट मानिसहरु आइरहेका छन्, सिमा नाकामा नै कडाई गर्नुपर्यो,’उनले भनिन् ।

कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार आज मध्याह्नदेखि नै कृषि बजार सुनसान भइसकेको छ । व्यापारीहरुलाई बाँकी रहेको हरियो तरकारी आज दिनभरिमा बिक्री गरिसक्न भनिए पनि मध्याह्नदेखि नै बजार सुनसान भएको छ ।

धरान वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले हरियो सब्जी पनि आउन नदिने भएपछि धरानको मुख्य नाकाहरु सिल गर्नु पर्ने बताएका छन् । सब्जीको गाडी नआउने भएपछी सबै नाका बन्द गर्नु पर्छ होइन भने राती राती मान्छेहरु प्रवेश गर्ने सम्भावना हुन्छ, यसमा ज्यादै सावधानी अपनाउनु पर्ने हुन्छ ’उनले भने ।

२०७७ बैशाख २, मंगलवार ०७:४१ गते 0 Minutes 257 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार