२०८० मंसिर २४ आईतवार

डा.शर्माद्वारा उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीको उद्धार

बिराटनगर। नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीलाई झापाबाट उद्धार गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ जुनेलीबस्तीका ३१ बर्षीय हस्तबहादुर दर्जीलाई सोमबार उद्धार गरेर उपचारका लागि नोबेल अस्पताल ल्याइएको हो ।

२०६४ सालमा रुखबाट लडेर मेरुदण्ड भाचिएपछि दर्जीको कम्मर भन्दा मुनिको भाग चल्न छोडेकाले उनी थला परेर बसे । ओछ्यानमै दिसा, पिसाव हुँदा पनि उपचार गर्ने पैसा नभएकाले उनी पीडादायी जीवन बिताउँन बाध्य थिए । दर्जीले भने–‘उपचार गर्ने पैसा नहुँदा आफ्नो नाममा भएको एक कठ्ठा जग्गा पनि मास्नु पर्यो । त्यो पैसाले पनि नपुगेपछि केहि सिप नलागेर १२ बर्ष अघिदेखि ओछ्यान परेको हुँ ।’ बर्षौ अघिदेखि उठ्न नसकेर सुतिरहदा उनको शरिरको पछाडीको अधिकांस भागमा घाउ छ । घाउ निश्किने र पाक्ने क्रम चलिरहदा उनी दुर्गन्धित अवस्थामा थिए । खुट्टा लगायत शरिरका अन्य भागको छाला पनि उक्किन थालिसकेको छ ।

दर्जीको यस्तो पीडादायी अवस्था थाहा पाएपछि बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले उनको उपचारका लागि पहल गरेका हुन् । अध्यक्ष भुजेलले दर्जीको पीडादायी अवस्था जानकारी गराएपछि डा.शर्माले उनलाई नोबेल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका डा.शर्माले यसअघि पनि यस्ता सयौं बिरामीलाई उद्धार गरिसकेका छन् । गरिब, बिपन्न तथा उपचार गर्ने पैसा अभावमा तड्पिरहेका बिरामीहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाई समाजसेवालाई निरन्तरता दिदै आएका छन् ।

२०७७ बैशाख २, मंगलवार ०८:५० गते 0 Minutes 46 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।