२०८० आश्विन १४ आईतवार

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपछि सप्तरीका दुई वडा सिल गरियो

धरान । दिल्लीबाट फर्किएका दुई जना जमातीको र्‍यापिड टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि सप्तरीका दुई स्थानीय तहका दुई वडा सिल गरिने भएको छ ।

बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो । अब त्यहाँ मानिस घर बाहिर निस्कन पाउँदैनन् ।

प्रशासकीय अधिकृत आनन्द ठाकुरका अनुसार, एन्टीबडी पोजेटिभ आएकाहरुको पारिवारका सदस्यको पनि टेष्ट गर्ने र संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने निर्णय भएको छ ।

दिल्लीबाट फर्किएर आफ्नो घरमा बसिरहेका ७ जनालाई प्रहरीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्‍यापिड टेष्ट गराएको थियो । उनीहरुमध्ये दुई जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

पोजेटिभ र नेगेटिभ रिपोर्ट आएका सबैलाई स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

२०७७ बैशाख ३, बुधबार ०९:२४ गते 0 Minutes 39 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।