२०८० जेष्ठ १८ बिहीबार

सपनामा देखेको कुराले बिपनालाई के संकेत गर्छ ! बस्तुशास्त्रीको तथ्य खुलासा यस्तो छ

इपोस्ट / हरेक रात मानिसहरुले निदाएको बेलामा सपना देख्ने गर्छन । कुनै बेला त्यो सपना राम्रो पनि देखिन्छ कुनै बेला नराम्रो पनि । कहिले उडेको, कहिले पौडिएको त कहिले भने हाँसेको नाचेको गाउदै गरेरको केही मिष्ठान भोजन गर्दै गरेको । कुनै बेला वाघभालू, कुकुर, विरालो, भैसी, गाई, सर्प आदीले आक्रमण गर्दै गरेको सपना देख्ने गरेको बताउँछन् । त्यो अनुभव आम मानिसमा हुनसक्छ ।

कोहीले धेरै पैसा प्राप्त गरेको, आगो बलेको, चिता जलेको, मरेको लाश, लास बोकेको, रगतको खोला बगेको, मान्छे मारेको, आफू मरेको, यौन सम्पर्क गरेको आदी सपनामा देख्ने गरेको बताउँछन ।

सपनामा देखेका कुराहरुले कहिले रमाइलो गराउछ भने कहिले ला अव के हुने हो भनेर चिन्तामा पनि पुर्याउछ । तर सपनामा देखेका कुराहरुले राम्रा वा नराम्रा के हुन्छ हामीलाई थाहा हुँदैन तर बास्तु शास्त्र अनुसार सपनामा देखेका कुराहरुको असर मानिसहरुको जीवनमा पनि पर्ने गरेको पाईन्छ । त्यसैले मानिसले सपनामा देखेको दृश्यहरूले के कस्तो मानिसको भविष्यमा संकेत गर्छ भन्ने बारेमा विभिन्न ज्योतिषी र बास्तुशास्त्रिहरुले सोध अनुसन्धान गरेका छन् त्यही सामाग्री जानकारी दिनको लागि प्रस्तुत गरेको छौं ।

यहाँ सामान्यतय देखीने सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ :–

१) अनार खाएको देखेमा – धन र सन्तानको प्राप्ति ।
२) अलि अलि बादल देखेमा – रोगबाट लाभ ।

३) ऊँट देखेमा – अपार धन प्राप्ति हुनु ।
४) आकाश देखेमा – ऐश्वर्य वृध्दि, सन्तान हुनु ।
५) आगो उठाएको देखेमा – अवैध धन प्राप्ति ।
६) आगो बालेर समाते देखेमा – कष्ट हुनु, व्यर्थ व्यय हुनु ।
७) ओढ्ने कम्बल देखेमा – बदनाम हुनु ।
८) औंठी लगाएको देखेमा – धनलाभ र प्रशन्नता ।
९) कलम देखेमा – महान व्यक्तिसँग भेट हुनु ।
१०) कपाल देखेमा – धनलाभ हुनु ।
११) कपास देखेमा – रोगबाट मुक्त हुनु ।
१२) कपाल काटेको देखेमा – ऋणबाट मुक्त, स्त्री (पुत्र हुनु ।
१३) किला ठोकेको देखेमा – बुढो मान्छेबाट लाभ ।
१४) कोईला देखेमा – व्यर्थमा झगडा हुनु ।
१५) कुवामा नुहाएको देखेमा – सन्यासी बन्नु ।
१६) कुवाको पानी देखेमा – विविध लाभ र बिजय ।
१७) कैची देखेमा – झगडा र विवाद बढ्नु ।
१८) घर बनाएको देखेमा – प्रसिद्धि प्राप्त गर्नु ।
१९) घाम लागेको देखेमा – पदोन्नति वा लाभ हुनु
२०) घाँसको मैदान देखेमा – धेरै धन एकत्र गर्नु ।
२१) घोडा देखेमा – संकट नाश हुनु ।
२२) घोडा चढेको देखेमा – ठूलो पद पाउनु ।
२३) चश्मा लगाएको देखेमा – विध्दता बढ्नु ।
२४) जंगल देखेमा – दुःख नाश र बिजय ।
२५) जहाज देखेमा – परिशानी हट्नु र व्यय ।
२६) सुनचाँदि देखेमा वा पाएमा – धन र अहंकार बृध्दि ।
२७) झरना देखेमा – दुःख दुर हुनु ।
२८) टोपी देखेमा – दुस्ख नाश भएर, उन्नति हुनु ।
२९) ठूलो पर्खाल देखेमा – सम्मान बढ्नु ।
३०) डोरी देखेमा – यात्रामा कठिनायी र झन्झट हुनु ।
३१) ढोका देखेमा – ठूलाबडासँग मित्रता हुनु ।
३२) ढोका बन्द देखेमा – परेशानी र चिन्ता हुनु ।
३३) दलदल देखेमा – सन्तान प्राप्ति हुनु ।
३४) दाँत भाँचिएको देखेमा – दुःख र झन्झट हुनु ।
३५) दाँत माझेको देखेमा – पापको प्रायश्चित हुनु ।
३६) धनुष तानेको देखेमा – लाभप्रद यात्रा हुनु ।
३७) पर्वत चढेको देखेमा – पदोन्नति वा प्रसिध्द हुनु ।
३८) पत्र पढेको देखेमा –शुभ समाचार, परिश्रम ।
३९) प्रकाश देखेमा – उच्चकोटीको साधु बन्ने ।
४०) पानी पिएको देखेमा – राज्यबाट लाभ ।
४१) फलाम देखेमा – कुनै धनवानद्वारा लाभ ।
४२) बजार देखेमा – दरिद्रताको नाश हुनु ।
४३) बलेको दियो देखेमा – आयु बृध्दि हुनु ।
४४) बहर वा गाई देखेमा – मोटो लाभ, दुब्लो दुःख ।
४५) बादल देखेमा – विरक्ती र परिशानी बढ्नु ।
४६) बिरालो देखेमा – चोरी हुनु, शत्रु बढ्नु ।
४७) भर्याङ देखेमा – सुखसम्पत्ति बढ्नु ।
४८) भूकम्प देखेमा – सन्तानलाई कष्ट र दुःख ।
४९) मरेको मान्छेसँग कुरा गरेमा – मनोकांक्षा पूरा हुनु ।
५०) मरेको मान्छेले बोलाएमा – विपत्ति आउनु ।
५१) मुर्दा देखेमा – रोगबाट मुक्ति पाउनु ।
५२) रत्न या मणि देखेमा – दुःख बढ्नु, अपव्यय हुनु ।
५३) रातो फूल देखेमा – पुत्रबाट सुख र भाग्योदय ।
५४) रोटी खाएको देखेमा – पदोन्नति र घन बढ्नु ।
५५) लठ्ठी देखेमा – ठूलो नाम हुनु ।
५६) वर्षा देखेमा – सुख र प्रशन्नता प्राप्त हुनु ।
५७) सुकेको बगैचा देखेमा – विपत्तिमा फस्नु ।
५८) सुख्खा अन्न खाएको देखेमा – कष्ट र व्यर्थ परिशानी हुनु ।
५९) सुगन्ध लगाएको देखेमा – विद्वान र पण्डित हुनु ।
६०) सुपारी खाएको देखेमा – रोगबाट मुक्ति पाउनु ।
६१) सेतो पूल देखेमा – दुःखबाट छुट्कारा पाउनु ।
६२) सिंहासन देखेमा – धेरै सुख पाउनु ।
६३) हरियो बगैचा देखेमा – पदोन्नति र लाभ हुनु ।
६४) ओच्छयान लगाएको देखेमा – दीर्घायु र सुख वृध्दि ।
६५) आफू मरेको समना देखेमा – कुनै कुरोलाई छोड्दै हुनुहुन्छ ।

२०७७ बैशाख ३, बुधबार ०८:२४ गते 0 Minutes 35 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।