थुन्चेको भारी बिसाउदै, गायनमा नविसाउने गायीका शिला राई आफ्नै यूट्यूव च्यानल मार्फत श्रोता माझ आउदै

गायीका शिलाा राई । तस्विर सौजन्य : शिला

सुनसरी । धनकुटाको चुङवाङमा आफ्नो रहराउदो उमेरहरु उकालो चढ्दै गर्दा त्यहीको माटोमा धेरै आकांक्षहरु लहराउदै रेडियोका गित र गाउँघरका सुरीला भाकाहरुले आफुमा एक्कासी संगीतको भोग जाग्न थालेको कहन्छन शिला राई ।

सबै मानिसमा आ-आफ्नै किसिमको आवज त हुन्छ नै । त्यही आवजलाई कसैले एक अर्कासंग सम्बाद गर्ने माध्यमको रुपमा मात्र प्रयोग हुन्छ त कसैको त्यही आवजलाई संसार चिनाउने र हल्लाउने आवज भइदिन्छ । त्यही मेसोमा २०६० तिर संगीतको बारेमा खास कुरोको खोजीमा सहर हानिए र पहिलो पाहिला अडियो इटहरीको पूर्वाञ्चल संगित विद्यालयको सिकुवामा । प्रारम्भिक चरणको औपचारीक संगीतको कखरा गुरु रजनी कान्तबाट सिक्न सुरु गरिन । केही समयपछी फेरी संगीत सरगम विद्यामन्दिरका शास्त्रिय संगितमा पारंगत गुरु भोला राईको स्कूलमा बसाइँ सरे ।

केही गर्नु पर्यो भने मोफसलमा केही हुन्न अवसर त राजधानीले नै दिन्छ भन्ने पुरानो परम्परालाई उनले पनि पछ्याउदै २०६४ साल तिर ठूलो सपनाको पोकोहरु आफ्नो पोल्टामा गाँठो पारेर खाल्डो तिर हानिए शिला राई ।

त्यस पछि पूर्वाञ्चलको इटहरीमा हार्मोनियम र तवलामा आफ्नो आवजका सुरहरु सामान्य तन्काएर संगीतका आधा भोकमै काठ्माण्डौ छिरे लगत्तै गुरुकुलका संगीत गुरु गुरुदेब कामतसंग सांगितका वाँकी भोक पुरा गर्न सुर नपक्रीसकेका आवजलाई सुर र लयमा ढाल्न आफ्नो दैनीकी हिडाउन थाले त्यसमा नामसंग गायिका भनेर पहिचान जोडिनु पनि थियो सायद ।

स्टुडियोमा गीत रेर्कडङि गर्ने क्रममा गायीका शिलाा राई । तस्विर : शिला मार्फत

साँस्त्रीय संगीतमा निरन्तर ३ बर्ष सम्म आफ्नो गुरुसंग गायनमा कला र गलाको साधाना पछि अब भने कुनै रेर्कडीङ स्टुडीयोमा गीत रेकर्ड गरेर आफ्नो आवज परिक्षण गरी संगीतको टलटल मेटाउने हुटहुटी जाग्न थाल्यो उनीमा ।

गीत रेकर्डिङ र एल्बमको लागि आवश्यक सामाग्री जुटाउने तरखरमा लागे । नेपाली सुगम संगीतमा उ बेला खुब नाम चलेका गीतकार संगीतकारहरु न्यूह बज्राचार्य, बशन्त साप्कोटा, महेश खड्का, शम्भु राई, सुगम पोखरेल, डक्टर किरात र गीतकारहरुमा डाक्टर कृष्णहरी बराल, दुर्गालाल श्रेष्ठ, भूपाल राई, प्रतिमा श्रेष्ठहरुसंगको भेटघाट छलफल र एल्बमको बारेमा सरसल्लाह बाक्लीदै गयो र अन्तमा २०६९ सालमा पहिलो एकल गीति संग्रह “कस्तो मन” नामक एल्बम तयारी भइ बजारमा ल्याए त्यसपछि शिला राईको पहिचान गायिक शिला राई भनेर बजारमा चर्चा चल्न थाल्यो ।

पहिलो एल्बमबाट मुनाफा भन्दा मनग्ये दर्शक श्रोता बटुल्न सफल भएको बताउने शिला राईले आधुनीक लोकलयको भाका समेटिएको ५ वटा संग्रहित गीतहरु राखेर फेरी २०७२ सालमा “प्रेम” नामक दोश्रो एल्बम बजारमा सार्वजानिक गर्न भ्याए गायीका राईले ।

संगीत कर्ममा लाग्ने हरेक कलाकारले आ-आफ्नो जनरा (विधा) समातेकै हुन्छ तथापी हरेक भाका र लयको गीत गाउन सक्ने चाहि खास कलाकार हो भन्ने बुझाई भएकी गायीका शिला राईको जनरा भनेको लोक आधुनीक हो । उनको भनाई अनुसार यसमा असली मेरो माटोको सुगन्ध पाउछु तथापी सबै खाले भाका र लयको गीतहरु सुन्ने गर्छु भन्छन शिला राई ।

अहिले त संगीत पनि सारै सस्तीदै गइरहेको छ र दुख लाग्छ । संगीतलाई बुझेर भन्दा पैसाले कलाकार बन्नेहरुको होड चलेको हुनाले अहिले नेपाली संगीत उद्योगमा गुणस्तर भन्दा संख्यामा बाडी आएको छ । त्यसो त राम्रा राम्रा खुवी र प्रतिभा भएका नयाँ पुस्ताको आगमन पनि भइरहेकोछ नै तर उनीहरुलाई अगाडी आउन हरेक कुराले छेकीरहेको छ । उनी थप्छन्- जुन कुरालाई पहिचान गर्न सकेमात्र अगाडी आउन सक्ने सम्भावना देख्छु म त।

दूईवटा एल्बम बजारमा ल्याईसकेका गायीका राईले धेरै सर्जकहरुको कलेक्सन एल्बमहरुमा थुप्रै लोकप्रिय गीतहरु गाईसकेका छन । जसमध्ये गायक तथा संगीतकार नन्दु राईको “सुसेली” नामक एल्बममा संग्रहीत नन्दु राईकै संगीत रचनामा रहेको जवानीमा पिरतीको रंगमा…आइ लभ यू.. बोलको गीतमा नन्दु राईसंगको द्वयत गीतले सांगीतिक जीवनको सानो टर्निङ प्वाइन्ट ल्याइदियो । यो गीतको म्यूजीक मिडियो समेत बजारमा आएपछी उनको सांगीतिक दुनीयामा चिनिन अझ बल पुग्यो ।
टिपिकल पूर्वेली लोकलयमा समेटिएको किराती साँस्कृतीक शब्द झल्कने धनकुटा चुङवाङकै लोेक आधुनीक कालजयी गायक/सर्जक शम्भू राईको रचना/संगीत/स्वरमा रहेको थुन्चेको भारी विसाउदै, चिण्डोको विर्को खोला न, नचिने माया के भो र मुसुक्क हाँसी बोलन…..बोलको फिमेल भर्जनमा जव गीत रेकर्ड गरेर भिडियो यूट्यूव मार्फत  बजारमा आयो त्यसपछी एक्कासी सांगीतिक जीवनको चर्चा चुलिदै अग्लो सिखरमा पुर्याएर चर्चीत गायीकाको रुपमा स्थापीत नै गरायो गायीका शिला राईलाई ।

स्टुडियोमा गीत रेर्कडङि गर्ने क्रममा गायीका शिलाा राई । तस्विर : शिला मार्फत

माया प्रेम र साँस्कृतिक शब्दहरु बुनीएका गीत गाउन बढी रुचि राख्ने गायीका शिला राईले पहिचानबादी सर्जक भूपाल राईको शब्द रहेको आकाश झार्नु पर्दैन, जुन चोर्नु पर्दैन….बोलको गीत त्यसै गरी गीतकार प्रतिमा श्रेष्ठको शब्द रहेको संघारमा नटेक प्रदेशी, म भित्र डाक्न सक्दिन…. अनी शम्भु राईको शब्द/रचना/संगीत रहेको मुटुभरी माया….बोलको गीत गायीका शिला राईलाई अलि विशेष लाग्छन् ।

नेपाली संगीतिक उद्योगमा लागनी गरेर लगानी उठाउने खासै अहिले माहोल देखीदैन । अहिले पहिलाको जस्तो रिलवाला क्यासेट र सिडिको जमना गइसक्यो । अहिले त मेमोरी र यूट्यूवले बजार पिटेको छ । गीत रेकर्ड गराएपछी म्यूजीक भिडियो नबनाई धरै छैन, क्यासेट, सिडिको आशै रहेन चिप र मेमोरी कार्डको कारण कपी पाइरेसी भएर हैरानी छ, करीव लगानी माया मारेर नै गीत तयार गरीन्छ, अनी गीत कहाँ बेच्ने र लगानी कसरी उठाउने र ? भनेर प्रतिप्रश्न गर्छन गायीका राई । उनी थप्छन- ‘अहिले संगीत पेशा भन्दा रहर र लहड जस्तै भएको छ, यसको कुनै निश्चित नीति नियम राज्यबाट बनिनु पर्छ होइन भने यो क्षेत्रका कोही श्रस्टा/सर्जक बाच्न सक्दैन अव ।’

आम कलाकार र नागरिकहरु जस्तै अहिले गायीका शिला राईकोे पनि दैनिकी बितिरहेको छ । मुलुक अहिले कोरोना भाइरसको आतंकको कारण लकडाउनमा छ । संगीतको स्वसाधाना र घरायसी कर्मसंगै अहिले सोसीयल मिडिया र आफ्नो शिला राई “Shila Rai” नामको यूट्यूव च्यानल संचालन शुरु गरेर आफ्नै पुरानो म्यूजिक भिडियो र अन्य जानकारीहरु पोष्ट गर्दै च्यानलको प्रोमोसन गरीरहेका छन् ।

अन्य यूट्यूव च्यानलबाट अपलोड भएका आफ्नो गीतको म्यूजिक भिडियोहरु लाखौले रुचाएर हेरीदिएका छन् सबै आम दर्शक श्रोतालाई धन्यबाद भन्दै अब भने आफ्नै शिला राई यूट्यूव च्यालनलाई लाइक, सेयर र सब्सक्राइब गरेर मेरो कला, गला र कामलााई माया गरीदिउन भन्ने उनको चाहाना रहेको बताएका छन् ।

प्रस्तुती : हिन्दुहाङ सोरोङ

प्रतिकृया दिनुहोस्