
-अर्जुन जम्नेली राई
विराटनगर । राहत वितरणको लागि लिने चामलको बिषयमा मोरङको पथरी उध्योग वानिज्य संघको अध्यक्ष दीपक बस्नेत र राइस मिलमा काम गर्ने मजदुरवीच झगडा भएको छ ।
वानिज्य संघका अध्यक्ष बस्नेत पथरी शनिश्चरे नगरपालिकाले गठन गरेको विपद व्याबस्थापन समितिको सदस्य हुन । पहिलो चरणको राहत वितरणको लागि नगरपालिकाले पथरीको चार वटा मिलबाट चामल लिएका थिए ।
नगरको १० वटै वडामा छुटेका परिवारलाई राहत दिन पुन सोही मिलहरुबाट चामल मागिएको थियो । चामल माग्ने क्रममा पथरीको बुद्ध चोकमा रहेको विस्वहाङ राइस मिलमा चामल जोख्ने मजदुर लक्ष्मि मण्डलसँग पथरी उवा संघको अध्यक्ष दीपक बस्नेतको झगडा परेको हो ।
विस्वहाङ राइस मिल सन्चालक दीपक राई र बबिता राई लकडाउनको कारण एक जना पहाड अर्कोजना काठमाडौमै रोकिएका छन । मिलको म्यानेजर खगेन्द्र सुवेदी त्याहा थिएनन । यसैवीच हिजो (बैशाख-३) अपरान्ह करिक ५ बजे उवा संघको अध्यक्ष दीपक बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिप गिरी र उपप्रमुख यमुना विष्ट बास्तोला विस्वहाङ राइस मिल पुगेका थिए ।
मिलमा उपलब्ध मजदुर लक्ष्मि मण्डललाई उवा संघ अध्यक्ष बस्नेतले भोलि(आज ४) चामल दिनुपरो भनेपछी आफूले ४ गते नसकिने ५ गते उपलब्ध गराउने भनेको मण्डल बताउछ्न । नगरपालिकाले पुरानै दर प्रती केजी ३९ रुपैया ६० पैसामा चामल मागेका थिए ।
चामल पर्सि मात्र दिनसकिने भनेपछि उवा संघको अध्यक्ष दीपक बस्नेतले “यो काला बजारी” हो भन्दै मिल भित्रबाट आफूलाई कठालोमा समाएर बाहिरको गेटसम्म ल्याएर प्रहरीको गाडिमा लाउन खोजेको मिलमा काम गर्ने मजदुर मण्डलले बताए ।
प्रहरी भेन छेउमा पुर्याएपछि उपप्रमुख यमुना विष्ट र पथरी प्रहरी प्रमुख डीएसपी दिलिपकुमार गिरीले लानु पर्दैन भनेपछि छाडेको मण्डलले बताए । त्यसपछि मजदुर मण्डललाई उपप्रमुख विष्टले मिल भित्र पुर्याइ दिएको उनको भनाइ छ ।
उवा संघको अध्यक्ष बस्नेतले भने फेरि भित्र पसेर समाएर बाहिर ल्याउदै लात्तीले हान्छु, झापडले कानको जाली फूटाउ दिन्छु भन्दै प्रहरी भेनमा लगाउन खोजेपनी उपप्रमुख विष्ट र डीएसपी गिरीले रोकेको मण्डलले बताए ।
अध्यक्ष दीपक बस्नेतले भने अगाडि प्रतीकिलो ३९ रुपैया ६० पैसामा किनेको चामललाई ४४ रुपैया भनेपछि साहुसँग कुरा गरौला मात्र भनेको बताए । लक्ष्मी मण्डल मिलमा चामलको दररेट राख्न सक्ने हैसिएतका ब्यक्ती नभाएको मिल छैउमै घर भएका पथरी उध्योग वानिज्य संघका महासचिव अशोक राईले बताए । मिल छेउमै रहेका स्थानीय इन्द्र भट्टराईले अध्यक्ष भएर मजदुरलाई हेप्नु नहुने बताए ।
आजै उपप्रमुख विष्टको संयोजनमा चार वटै मिलहरुसँग भएको बैठकले राहतको लागि पुरानै दरमा चामल उपलब्ध गराउने सहमती भएको छ । बैठकमा विस्वहाङको तर्फबाट मेनेजर खगेन्द्र सुबेदी सहभागी भएका थिए । नगरले बोलाएको बैठकबाटै आफूले मिल सन्चालकलाई फोन सम्पर्क गराएको सुवेदीले बताए ।
नगर र मिलको सहमती भएपनि दीपक बस्नेतले माफी माग्नुको साथै आफ्नो ज्यानको सुरक्षा नभएसम्म चालम नजोख्ने बरु रोजगार छोडेर जान तयार रहेको लक्ष्मी मण्डलले बताएका छन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।