
काठमाडौं । नेपालको छैटौं कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको पुष्टि गरे । उनले ती वृद्धालाई डिस्चार्ज गर्ने तयारी गरिएको पनि जानकारी दिए ।
चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।
उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही दिन एउटै विमानबाट आउने नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको थियो ।
तीमध्ये काठमाडौंकी युवती शनिबार डिस्चार्ज भएकी छन् । बागलुङकी अर्की युवती भने धौलागिरि अस्पतालमा उपचाररत छन् ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।