२०८० आश्विन १२ शुक्रबार

अर्जुन बुढाथोकी नेतृत्वको राहत न्यूनीकरण उपसमिती विघटन

मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा शिक्षक अर्जुन बुढाथोकीको संयोजकत्वमा गठन भएको किरोना भाइरस जोखिम न्यूनीकरण समन्वय उपसमिती गठन भएको हप्तादिनमै विघटन भएको छ ।

राहत न्यूनीकरण समिती हुँदाहुँदै केही ब्यक्तिको
इच्छा अनुसार उपसमिती बनेको र त्यो समितिको काम नभएकोले विघटन गर्न निर्देशन दिइसकेको किरोना भाइरस जोखिम न्यूनीकरण समन्वय मूल समितिको सदस्य दीपक बस्नेतले बताए । अर्जुन बुढाथोकी पथरीको पन्चायत माविको प्रधानाध्यापक पनि हुन ।

समिती आवस्यकता भन्दा पनि केहि ब्यक्तिको इच्छा अनुसार गठन भएकोले विघटनको स्थितिमा पुगेको हो । समिती गत चैत्र २९ गते गठन भएको प्रचार भएको थियो ।

१५ सदस्यीय समिती गठनहुँदा केही ब्यक्तीको इच्छा र स्वार्थ अनुसार गठन भएदेखी नै आन्तरिक विवादमा परेको थियो । समिति गठन भएपछि कहाँ के कति रकम उठाइयो त्यो पनि सार्वजनिक भएको छैन । समिती विघटन भएकोले अर्जुन बुढाथोकीको संयोजकत्व भएको समिती मार्फत नभइ सिधै उच्च स्तरीय समितीमा रकम जम्मा गर्न समितिले जनाएको छ । समितिको संयोजक अर्जुन बुढाथोकीले विघटनको निर्देशन आएको कारण नगर प्रमुखलाई विघटन गरिदिन भनिसकेको बताए ।

२०७७ बैशाख ७, आईतवार ०७:२० गते 0 Minutes 35 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार