बढुवा भएका १० जना डीआईजीको पदस्थापन, जिम्मेवारीमा आजै खटाइयो ?

फोटो फाइल
Spread the love

काठमाडौं / नेपाल प्रहरीका १० जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदस्थापन गरिएको छ । पदस्थापन गरिएकामध्ये सात जनालाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदस्थापन र केहीको सरूवा गरेको छ । सोमबार गरिएको १० पदस्थापनमध्ये सात जतनालाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ।

जिम्मेवारी पाउनेमा प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, २ मा धिरजप्रताप सिंह, बागमतीमा बसन्त लामा र गण्डकी प्रदेश घनश्याम अर्याल रहेका छन्।

त्यस्तै, प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी रहेका छन् ।

सिआइबीमा सहकुल थापालाई पदस्थापन गरिएको छ। थापा यसअघि अपराध महाशाखाका प्रमुख थिए।

विशेष ब्युरोमा प्रद्युम्न कार्कीलाई सरूवा गरिएको छ। प्रदेश २ को डिआइजीमा प्रद्युम्न कार्की थिए । त्यस्तै, प्रहरी प्रधान कार्यालयमा निरज शाहीलाई पठाइएको छ।

प्रहरी तालिम केन्द्रको जिम्मेवारी प्रकाशजंग कार्कीलाई दिइएको छ भने अख्तियार अनुसन्धान कार्यालयमा अरूण बिसीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

32320cookie-checkबढुवा भएका १० जना डीआईजीको पदस्थापन, जिम्मेवारीमा आजै खटाइयो ?

प्रतिकृया दिनुहोस्