
धरान । लकडाउनकै बीच प्रदेश १ मा रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणको काम शुरु भएको छ ।
भारत र तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानी–जोगबनी नाकादेखि धरानसम्मको छ लेन सडक विस्तारको काम हुँदै आएको थियो ।
लकडाउनका कारण रोकिएको विस्तारको काममा अहिले ३५ भन्दा बढी मजदुर खटिएका छन् । यही सडक अन्तर्गतको पुल निर्माणमा पनि त्यति नै संख्यामा मजदुर खटिएका छन् ।
यो सडकको सुनसरी र मोरङको सिमानामा पर्ने बुढीखोलाको पुल निर्माण र सुनसरीको इटहरी र दुहवी नगरपालिका सिमानामा पर्ने सडक निर्माणको काम शुरु भएको हो ।
पुल निर्माणको काम सपना, देब एण्ड फायर, भूमि कन्ट्रक्सनले शुरु गरेको छ । पुलको जग खनेर छाडिएकोमा अहिले जग उठाउने काम शुरु भएको आयोजनाका प्रमुख शर्माले बताए । यस्तै सडक निर्माणको काम तुदी रमण कन्ट्रक्सनले गरेको छ ।
आयोजना प्रमुख शर्माले बर्खा लाग्नुभन्दा अगाडि नै पुल निर्माणको काम सकिने उनले बताए । सडक निर्माणमा भने अहिले नै कति प्रगति गर्न सकिन्छ भन्न नसकिने शर्माको धारणा छ ।
ठेकेदार कम्पनीले लकडाउनका कारण अड्किएका मजदुरलाई सामाजिक दुरी कायम गरेर सडक निर्माणमा लगाउने र उनीहरुलाई घर जान नदिई निर्माण कम्पनीकै क्याम्पमा राख्ने गरेको छ ।
आवश्यक पर्ने निर्माण सामग्री बोक्ने गाडीाक चालकलाई समेत क्पाम्पमा राख्ने प्रबन्ध मिलाइएको छ । सडक निर्माणमा खटिएका मजदुरको नियमित ज्वरो जाँच, निर्माणस्थलमा स्यानिटाइजर र साबुनपानीले हातधुने व्यवस्था गरिएको छ ।
आवश्यक निर्माण सामग्री स्टकमा रहेकाले त्यसैलाई प्रयोग गरिएको आयोजना प्रमुख शर्माले बताए । ‘अहिले हामीलाई गिट्टीलगायतका समग्रीको कुनै खाँचो छैन । आवश्यक परे ढुवानीको व्यवस्था मिलाइनेछ’ उनले भने ।
भारतसँग जोडिएको सिमा नाका जोगबनीबाट सुनसरीको तरहरा सम्म १७ वटा टुक्रामा ठेक्का लागिसकेको छ । ठेक्का लागेको सडकको असार अगाबै कालोपत्रे गरिसक्ने योजना छ ।
सरकारले विराटनगरदेखि सुनसरीको धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको बनाउन १० अर्ब ५८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । यो सडक निर्माण आर्थिक वर्ष २०७५/२०७६ भित्र गरिसक्नुपर्नेछ । आयोजनाको अहिलेसम्म ६२ प्रशितत काम सकिएको छ । श्रोत:प्रदेश सचिवालय, अनलाइनखवर
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।