२०८० चैत्र ६ मंगलवार

हतुवागढी गाउँपालिकाका एक युवकमा कोरोना (आरडीटी) टेष्टमा पोजेटिभ देखियो

हतुवागढी । हतुवागढी गाउँपालिकाका एक युवकमा कोरोनाको र्यापिड डाइग्नोष्टिक (आरडीटी) टेष्टमा पोजेटिभ आएकोे छ ।

मंगलबार गरिएको (आरडिटी) जाँचबाट युवकमा कोरोना रिपोर्ट पोजेटिभ देखाएको हतुवागढी गाउँपालिकाका कार्यकारी अधिकृत मणिराम खतिवडाले जानकारी दिए । अहिले उनलाई प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ६ स्थायी घर भएका २६ बर्षिय यूवा गत फागुन ३० गते साउदीबाट हतुवागढी घर आइपुगेका थिए ।
यूवा सहित जम्मा ११ जना विभिन्न मूलुकबाट गएको एक महिना अगाडी आफ्नो घर हतुवागढी आएका थिए । उनीहरुलाई पहिचान गरी आफ्नै होम क्वारेन्टाइनमा बस्न र सार्बजानिक स्थल तिर ननिस्कन गाउँपालिकाकाले सुचित गरेको थियो ।

करीव ३/४ दिन अगाडी मात्रै १२ वटा र्यापिड टेष्ट किट आमचोक गाउँपालिका हुँदै हतुवागढी गाउँपालिको स्वास्थ्य विभागमा आइपुगेकोले मंलबार देखीमात्र र्यापिड डाइग्नोष्टिक (आरडीटी) टेष्ट परिक्षण शूरु गरिएको थियो ।

पोजेटिभ देखीएका यूवा सहित जम्मा ४ जनाको मात्र मंलबार टेष्ट गरीएको थियो । मंलबार हतुुवागढीमा ठूलो बर्षा भएको कारण सबै उपस्थित हुन नसकेको र भोलि सम्ममा जसरी भएपनि बाँकी ७ जनाको परिक्षण गरीसक्ने ब्यबस्था मिलाएको अधिकृत खतिवडाले जानकारी गराए ।

फाइनल रिपोर्ट यकिन गर्नको उनको स्वाब संकलनको लागि जिल्ला अस्पताल भोजपुरबाट चिकित्सकको टोली हतुवागढी आएपछी उनको स्वाब संकलन गरेर परिक्षणको लागि बुधबार बिहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने खतिवडाले जानकारी दिए ।

अधिकृत खतिवडाका अनुसार- “पोजेटिभ देखिएका यूवाका सम्पूर्ण परिवार लगाएत सम्पर्कमा रहेका अन्य छिमेकीहरुको समेत नमुना संकलन गर्नुपर्ने देखीएकोले उक्त कुराको ब्यास्थापनको लागि जिल्ला सदरमुकाम भोजपुरमा बिशेष बैठकमा रहेका हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईसंग छलफल भएको छ । यसको लागि भोलिबाटै द्रुत गतिमा कार्य अगाडी बढाइहाल्ने योजना रहेको छ।”

हतुवागढी गाउँपालिकामा जम्मा १२ वटा मात्रै किट उपलब्ध रहेकोले यसले सबैलाई परिक्षण गर्न नभ्याउने र यहाँ करीव कम्तिमा ४/५ सय वटा र्यापिड टेष्ट किट आश्वयक रहेको छ, त्यो कहाँबाट उपलब्ध हुन्छ केहिदिन भित्र त्यसको पनि जोहो गर्ने अधिकृत खतिवडाले बताए ।

२०७७ बैशाख ९, मंगलवार १३:०९ गते 1 Minute 214 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार