२०८० चैत्र १६ शुक्रबार

उदयपुर भुल्केका ८ जनामा, बीपी क्याम धरानले कोरोना पुष्टि गर्यो

धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्रस चेक गर्दा उदयपुरको भुल्केका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरमा पिसिआर टेष्ट गर्दा पोजेटिभ देखिए पछि ८ जनाको स्वाबको नमुना भेरिफिकेसन गर्न वीपी प्रतिष्ठान ल्याइएको थियो । वीपीमा क्रस चेक गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका फोकल पर्सन प्रणव यादवले जानकारी दिए । ‘८ जनामा कोरोना पोजेटिभ पुष्टि भयो, क्रसचेकको रिपोर्ट पनि पोजेटिभ नै आयो,’उनले भने ।

यो संगै नेपालमा कोरोना पोजेटिभको संख्या ४० पुगेको छ भने उदयपुरको भुल्केमा मात्र २१ जना पोजेटिभ भेटिएका छन् ।  यसअघि भुल्केको मस्जिदमा १३ जनामा कोरोना भेटिए पछि प्रदेश जनस्वास्थ्यको टोली स्वाब संकलन गर्न गएको थियो । उक्त टोलीले ६९ जनाको स्वाबको नमुना ल्याएर परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको थियो । उनीहरुको क्रस चेक गर्न वीपीमा पुनः परीक्षण गरिएपछि पुष्टि भएको हो ।

२०७७ बैशाख ९, मंगलवार १३:२३ गते 0 Minutes 60 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार