
काठमाडौं । केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटीबाट गरिएकाे परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । हाल उनीहरुको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
–र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक शागरकुमार राजभण्डारीले बताए ।
दुबैजनालाई अहिले टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ र उनीहरुको नमुना पीसीआर परीक्षणका लागि पठाइएको छ । सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएकोमा दुई नर्सलाई कोरोना देखिएको हो ।
‘दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ निस्किएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।